Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्रीको कागजात मैले बनाएको होइन, कम्बोडियामा बस्ने नेपालीले पठाएका हुन् : मेडिकल ब्यावसायी प्रसाईं

- shuvadmin / बिहिबार, मङि्सर २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू होइन ।’ 

ओलीले कम्बोडिया स्थित स्मार्ट आजियटा कम्पनीमा लगानी गरेको भन्ने कागजात र फोटोहरू कम्बोडियामा बस्ने एकजना नेपालीले आफूलाई पठाएको जिकिर गरेका छन् ।

कम्बोडियामा बस्ने नेपालीले पठाएको कागजात आफूले पत्रकार सम्मेलन गरेर सार्वजनिक मात्र गरेको प्रसाईँले बयानमा खुलाएका हुन् । 

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेखित बयानमा प्रसाईँले भनेका छन्, ‘जनतालाई त्यसबारे प्रस्ट पार्न भनेर मिडियाका साथीहरूलाई बोलाएर प्रेशमिट गर्दा मैले पाएको फोटो र भिडियो देखाएको हुँ ।’

प्रसाईँको बयान :
नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक सङ्कट, युवाहरू विदेश पलायन, सामान्य नागरिकको महँगीको मारमा झेल्नु परेको पीडा मर्कालाई बुझी नेपालीहरुको अभिभावकको रूपमा मैले विगत ३ वर्ष देखी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु । 

सो कार्यहरू गर्नमा अवरोध सृजना गर्ने नेपालको वर्तमान सङ्घीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलासरहको छु ।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा  प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको त्यसको नेपाली अन्दाजी रू.साढे बत्तिस अर्ब लगानी गरेको भनेको कारण  सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८०१०५**** मा मलाई फोन सम्पर्क गरी गरी खड्गप्रसाद शर्मा ओलीको smart axiata company limited   कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए ।

त्यसो भए तपाईंसँग के प्रमाण छ भनी निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली Business forum को लागि 14, May 2019 Tuesday मा कम्बोडियामा जाँदाखेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मलै प्रयोग गर्न नेपाली नम्बर ९८०१०५**** को WhatsApp मा पठाई देऊ भनेकोमा निजले पठाई दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो व्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामु प्रस्ट पारौँ भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गर्दाको क्षणमा मैले “यहाँका नेताहरूको पैसा कम्बोडिया, मङ्गोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुबई, सिंगापुरमा छ ।

मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नुभयो मलाई यिनीहरूले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाई बिक्दैन, संसारमा दुर्गा प्रसाईँ मर्छ बिक्दैन संसारमा दुर्गा प्रसाईँ झुक्छ तर बिक्दैन किनभने नेपालीहरू रोएको नेपाली चेलीबेटीहरू रोको देखेको छु ।’ 

भन्ने लगायतको शब्दहरूमा बोल्दै सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले Smart Axiata Company Limited कम्बोडियामा लगानी गर्नुभएको रकम सहितको कागजातहरू देखाउँदै सोसँग सम्बन्धित विषयमा संवाद गदै गर्दाको भिडियोलाई मैले प्रयोग गदै आइरहेको सामाजिक सञ्जाल फेसबुकको वालबाट ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ भन्ने लगायतको  स्ट्याटसहरूको साथमा भिडियो समेत पोस्ट गरेको हुँ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama