Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षकको पदस्थापन र काज सरुवा

- shuvadmin / शुक्रबार, मङि्सर २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रहरीमा बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले जिम्मेवारी पाएका छन्।

सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरूलाई जिम्मेवारी दिइएको हो।

गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरूको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।

दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।

रावललाई गण्डकी प्रदेश र चन्दलाई सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउत पदस्थापन भएका छन्।

महत्त्वपूर्ण मानिने विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई लगिएको छ।

सुशीलसिंह राठौर प्रबन्ध निर्देशनालयमा र उमाप्रसाद चतुर्वेदी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिमालयकुमार श्रेष्ठ र कार्य विभागमा डम्बरबहादुर विक पदस्थापन भएका छन्।

उनीहरूको पदस्थापनसँगै १० जना डीआईजीको पनि सरुवा गरिएको छ। एकसाथ चारवटा प्रदेश प्रहरी प्रमुख हेरफेर गरिएको छ।

Page Views: 46
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama