Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले मारिन बाजी

- shuvadmin / मङ्गलबार, पुष ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले बाजी मारेकी छन् ।

चौतारीका तर्फबाट उम्मेदवारी दिएकी सतीदेवी उप्रेतीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै उपाध्यक्ष चुनिएकी हुन् ।

समाजबादी प्रेस संगठनकी केन्द्रीय सदस्य समेत रहेकी न्योपानेले ६ सय ८८ मत प्राप्त गरेकी थिइन भने उनकी निकटतम प्रतिद्दन्दी उप्रेतीले ३ सय ६३ मत पाएकी थिइन् ।

निर्धारित समय भन्दा करिव ८ महिनापछि भएको निर्वाचन सदस्यता बिवाद र शुद्दीकरणका नाममा हुन सकेको थिएन् ।

अध्यक्ष बिपुल पोअरेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर मागेपनि उपाध्यक्ष बाला अधिकारीले कार्यबहाकको जिम्मेवारी सम्हालेर भागेका दुइ जनालाई चुनौती दिएकी थिइन् ।

आधिकारिक अध्यक्षले सम्पन्न गर्न नसकेको निर्वाचन महिलाले गरेर देखाइन भने नयाँ नेतृत्वमा पनि महिला नै चयन भइन् ।

यस प्रदेश कार्यसमितिको सदस्य रहेकी न्यौपाने महिला हिंसा, पत्रकार हकहित र अधिकारका बिषयमा मिडिया हाउसमा अन्याय र अत्याचारका लागि लडदै आएकी थिइन् ।

साना तथा स्वरोजगार मुलक मिडियालाइ आएका समस्याका सवालमा हुने आन्दोलनमा पनि आफूलाई उनले अग्र स्थानमा राख्दै आएकी थिइन् ।

साना तथा स्वोरोजगार्मुलक संचार माध्यममा दश बर्ष भन्दा बढी सक्रिय न्यौपानेले साप्ताहिक, मासिक र दैनिकका अलावा अनलाइन सञ्चार माध्यममा पनि काम गर्दै आएकी छन् ।

दुइ विषयमा एमए गरेकी नवनिर्वाचित उपाध्यक्ष न्यौपाने थपिएको जिम्म्ेवारीले पत्रकारका हक हितमा लाग्न थप चुर्नाति र होैसला दुवै भएको बताउँछिन् ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama