Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोरखाको पालुङटार नगरपालिका – ९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न

- shuvadmin / बिहिबार, पुष ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गोरखा, गोरखाको पालुङटार नगरपालिका – ९ ढुङगेटारीमा नौ महिना अघि नै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ ।

ढुङ्गेटारीको दुई खोला दोभानमा मोटरेबल पुल निर्माणका लागि श्री गणेश अमृत निर्माण सेवा जेबीसँग २०८० साल चैत १२ गते सम्झौता भई २०८२ साल असोज २६ गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले दू्रत गतिमा काम गरेकाले झण्डै नौ महिना नपुग्दै ९० प्रतिशत काम सम्पन्न भएको हो ।

उक्त पुल पालुङटार नगरपालिका – ९ ढुङ्गेटारी खोलामा बन्ने मोटरबेल पुलको लम्बाई २५ र चौडाई ८.४० मिटर रहेको छ ।

निर्माण कम्पनीले यहि गतिमा गयो भने २०८१ साल फागुनभित्र पुल निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।

पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच दुई करोड ७५ लाख ९० हजार १२५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

पालुङटार नगरपालिका, गोरखा नगरपालिका र तनुहँको आँबुखैरनीलाई व्यावसायिक केन्द्र हुने गरी पुल निर्माण भएको पालुङटार नगरपालिकाका नगर प्रमुख विबश चिन्तनको भनाइ छ ।

पुल निर्माण भएपछि गोरखा सदरमुकाम पुग्न पालुङटारवासीलाई गोरखा सदरमुकामसम्म ४५ मिनेटमा पुगिने भएको पालुङटार – ९ का स्थानीय दिपक अधिकारीले बताए ।

पालुङटार नगरपालिका – ९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिए ।

निर्माण कम्पनीले मोटरेबल पुल निर्माणका लागि समयमा आवश्याक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिकसहितको टोली व्यवस्थापन गरिएकाले पनि डेढ वर्षमा सक्नुपर्ने काम नौ महिनामा सम्पन्न हुने भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुबेदीले बताएका छन् ।

पालुङटार नगरपालिकाका स्थानिय किसानहरुले उत्पादन गरको लिचि, उखु र अदुवा गोरखा सदरमुकाम, चितवन, तनुहँ, पोरखरा र काठमाडौंसम्म सजिलै लान सकिने भएको पालुङटार नगरपालिकाले जनाएको छ ।

उक्त पुल निर्माण सम्पन्न भएपछि पालुङटारमा उत्पादन भएका कृषि उत्पादनहरु सहजै बजारसम्म बिक्री वितरण गरी आम्दानी गरी नगरवासीको आर्थिक उपर्जनमा समेत टेवा पुग्ने पालुङटार नगरपालिका – ९ का वडा अध्यक्ष भेषराज पाण्डेको भनाइ छ ।

अहिले उक्त पुलमा माटो फिलिङ गरी एप्रोच रोड बनाउन र पुलमा रेलिङको मात्र काम बाँकी रहेको साईड इन्जिनियर श्रेष्ठको भनाइ छ ।

पुल निर्माणका लागि स्थानिय सडक पुल निर्माण कार्यक्रमअन्तर्गत स्थानिय पुल सर्पोट युनिट र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड को अप्रेशनको प्राविधिक सहयोगमा काम भइरहेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

Page Views: 83
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama