Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भूकम्प गएको ९ वर्षपछि बल्ल शुरू भयो नुवाकोट दरवारको पुनर्निर्माण

- shuvadmin / बुधबार, पुष १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नुवाकोट, सरकारसँग सम्झौता गरेको ९ वर्षपछि चिनियाँ सरकारले नुवाकोट दरबारक्षेत्रका ८ सम्पदा पुनर्निर्माण शुरू गरेको छ।

हनुमानढोका दरबारक्षेत्रस्थित वसन्तपुर दरबार पुनर्निर्माण गर्ने टोलीले नुवाकोट दरबार पुनर्निर्माण शुरू गरेको हो।

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त र क्षतिग्रस्त ८ वटा सम्पदा पुनर्निर्माण गर्न चीन सरकारले नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

त्यस बेला हनुमानढोकाको वसन्तपुर र नुवाकोटका ७ सम्पदा पुनर्निर्माण गर्न चीन सरकारसँग सम्झौता भएको थियो ।

चिनियाँ एड परियोजनाअन्तर्गत निर्माण हुन लागेका ८ सम्पदा ‘टर्न कि’ अर्थात् निर्माण सम्पन्न भएपछि साँचो हस्तान्तरणमात्र हुनेछ ।

निर्माण सम्पन्न गर्न कति लागत लाग्ला भन्दा पनि निर्माण सक्ने जिम्मा चीन सरकारले लिएको हो– स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा नुवाकोटका प्रमुख सुशील पाण्डेले भने ।

उनका अनुसार पहिलो चरणमा दुई र बाँकी सम्पदा चरणबद्ध रूपमा सम्पन्न गर्ने सम्झौता भएको छ ।

चीन सरकारले पृथ्वीनारायण शाहको साततले दरबार, तलेजु, गारद घर, रंग महल, लामपाटी, सेतोपाटी र विष्णुको मन्दिर पुनर्निर्माण शुरू गरेको छ ।

‘पहिलो चरणमा साततले र तलेजु मन्दिरको पुनर्निर्माण सक्ने गरी तयारी भएको छ । ‘सबै काम चाइनिजले गर्नेछ, सम्पदाको अवस्था हेरेर पाताल बनाएर पुनर्निर्माण गर्ने कि जीर्णोद्धार गर्ने भन्ने विषय पुरातत्व विभाग र ठेकेदार टोलीले गर्नेछ’ –कार्यालय प्रमुख पाण्डेले भने ।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्काफोल्डिङ गरेर संरक्षण गरिएको सबै सम्पदाको पुनर्निर्माण शुरू भएको बताए ।

उनले भने – ‘लामो समयको प्रतीक्षापछि निर्माण शुरू भएकोमा खुसी लागेको छ।’ हनुमानढोकास्थित वसन्तपुर दरबार पुनर्निर्माण गरेको चाइनिज टोली नुवाकोटको सबै सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्न पुगेको छ।

वसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माण सकिसकेको छ। केही दिनमा उद्घाटन गर्नुअघि चिनियाँ टोली नुवाकोट गएको हो।

८ वर्षअघि नुवाकोट दरबार पुनर्निर्माण गर्ने सम्झौता गरेपछि चाइनिज टोलीले सबै सम्पदामा स्काफोल्डिङ गरेको थियो ।

लामो समयसम्म काम हुन नसकेपछि सरकारले चीन सरकारसँग कुराकानी गरेको थियो । दुवै सरकारबीच पुनर्निर्माण गर्ने विषयमा निर्णय भएपछि मंसिर २७ गते पुनर्निर्माणको शिलान्यास भएको थियो ।

पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्ग र विदूर नगरपालिकाका मेयर राजन श्रेष्ठले सम्पदा पुनर्निर्माण गर्न शिलान्यास गरेका थिए ।

कार्यक्रममा नुवाकोट दरबार अड्डाका प्रमुख पाण्डेलगायतको चिनियाँ कम्पनीका ठेकेदार र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । शिलान्यासपछि करिब एक दर्जन चाइनिज ठेकेदार र कामदार नुवाकोटमा बसेका छन् ।

Page Views: 66
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama