Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भदौ एकबाट कोटेश्वर, गौशाला र कलंकीका बस टिकट काउण्टर हटाउने महानगरको निर्णय आएन कार्यान्वयनमा

- shuvadmin / बुधबार, पुष १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाण्डू महानगरको बसपार्क भन्दा बाहिर रहेका लामो तथा छोटो दूरीका बसका टिकट काउण्टर हटाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन् ।

काठमाण्डू महानगर र नेपाल यातायात ब्यावसायी महासंघबीच भएको सहमति कार्यान्वयनमा आउन नसकेको हो ।

कोटेश्वरदेखि कलंकीसम्मका बस टिकट काउण्टर हटाउन महानगरले पटक-पटक सूचना जारी गरेपनि हटन् सकेका छैनन् ।

महानगरले फूटपाथ र पैदल यात्रुको सहजताका लागि भन्दै टिकट काउण्टर केन्द्रीकत गर्न खोजेको जनाएको छ ।

महानगर र महासंघबीच गएको साउन २० गते सम्ममा टिकट काउण्टर हटाइ सक्ने सहमति थियो ।

सहमति अनुसार भाद्र एकबाट बस टिकट काउण्टर नरहने भने पनि हट्न सकेका छैनन् । महानगरले बस टिकट काउण्टर दर्ताका लागि बिभिन्न १० वटा मापदण्ड तय गरेको छ ।

महानगरकै मापदण्डलाई केही यातायात मजदूर संगठनले नमान्ने र जबरजस्त गरिए आन्दोलन गर्ने समेत भनेको अवस्थामा महानगरको अभियानले सफलता पाउनेमा शंका छ ।

महानगरको मापदण्डमा टिकट काउण्टर महानगरमा अनिवार्य दर्ता हुनु पर्ने, मुख्य कार्यालय गोंगवु बस पार्कमा हुनु पर्ने, भाडा दर देखिने गरी टाँस्नु पर्ने, काउण्टर चोक देखि १ सय मिटर भित्र खोल्न नपाउने, काउण्टरमा अनिवार्य रुपमा पिउने पानी र शौचालयको ब्यावस्था हुने पर्ने लगायत छन् ।

महानगरले तोकेका मापदण्ड गोंगवु बसपार्क भन्दा अन्यत्रका टिकट काउण्टरमा छैनन् ।

टिकट काउण्टर १५ वाइ १० फिटको हुने भनिएको छ । तर, कोटेश्वर, गौशाला र कलंकीमा भएका टिकट काउण्टरमा मुस्किलले टिकट काटने मान्छे मात्र बस्न सक्छन् ।

कोटेश्वरमा रहेका करिव आधा दर्जन टिकट काउण्टरमा मात्र महानगरले तोकेको मापदण्ड अनुसारका छन् । 

साइज महानगरले तोकेको भएपनि कुनै पनि काउण्टरमा मुस्किलले महानगरको उर्दी पछि पिउने पानी उपलब्ध भएपनि बस्ने र शैचालयको ब्यावस्था छैन् ।

कोटेश्वर क्षेत्रमा गाडी चढन जाने र आउने यात्रुले शौचालय जानु पर्यो भने भाटभटेनीको शौचालय प्रयोग गर्नुको भन्दा अर्को बिकल्प छैन् । भाटभटेनी खुल्ला भएको समयमा त यात्रु त्यहाँ जान्छन।

तर, बिहान आठ बजे अघि र पछिको समयमा यात्रुले सास्ति भोग्दै आएका छन् । महानगरले काउण्टर केन्द्रीकृत गर्ने भन्दा पनि ब्यबस्थित गर्ने तर्फ ध्यान दिन जरुरी छ ।

टिकट काउण्टरमा हुने बेथितिलाई नियन्त्रण गर्नु नियामक निकायको पहिलो काम हो । टिकट काउण्टरका नाममा ठगिएका यात्रुको बारेमा सचेत हुने तर्फ ध्यान जानु पहिलो प्राथमिकता हो ।

अधिकांश काउण्टरमा टिकट काटने कर्मचारीले भाडा दर लेख्दैनन् । दिएको पैसामा पनि पेड मात्र लेख्छन भने टिकटमा नाम,ठेगाना र कार्वन कपी राखेको हुँदैनन् । यस्ता संवेदनशील बिषयमा नियामक निकायले ध्यान दिन जरुरी छ ।

झोला बोकेर कोटेश्वर एरियामा जो कोही हिंडेपनि टिकट काउण्टरका कर्मचारीका नाममा हुने अभद्र ब्यावहारले सर्वसाधारण वाक्क भएका छन् ।  यस्ता अराजक कामलाई नियन्त्रण तर्फ लाग्नु भन्दा टिकट काउण्टर नै राख्न नदिनु महानगरको ब्यवहारिक निर्णय होइन् ।

केही दिन अघि बैदेशिक रोजगारीबाट फकिएर घर सिरहा जान लागेका मुकेश मण्डलले काउण्टरवालाको तानातानमा परेर आफ्नो लगेज नै गुमाए ।

काउण्टरका कर्मचारीले तानातान गर्दा यात्रु एउटा गाडी र समान अर्को गाडीमा भएका घट्ना कोटेश्वरका लागि नौलो होइन् ।

मण्डल प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना दाहोरिन नदिन संघीय राजधानी समेत रहेको महानगरले ध्यान दिनु पर्नेमा काउण्टर केन्द्रीकृत गरेर यात्रुलाई दु: ख दिने काममा लागेको छ ।

महानगरले काउण्टर ब्यवस्थित गर्ने काम नराग्रो नभए पनि मुख्य काम बिर्सेर अकैतिर लागेको छ ।

काम करो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्ने गतिमा महानगर गएको छ ।

महानगरले यात्रुको सुविधाका लागि गर्ने काम धेरै छन् । काउण्टरका कर्मचारिको मनोपोलिले यात्रु दिन प्रतिदिन ठगिएका छन् ।

त्यसतर्फ महानगरको ध्यान जान सकेको छैन् । यात्रुले गाडीसम्म पुग्न तिन तहको दलालीको सामना गर्नु परेको छ ।

साउदी अरवबाट विदा मनाउन घर आएका झापा अर्जुनधाराका भीम विश्वकर्माले पनि आफू नराम्ररी ठगिएको बताए ।

उनले सिन्धुली हुँदै बिर्तामोडसम्म जाने बसको टिकट काटे । होटलमा आइ पुगेको दलाल मार्फत उनले २ जनाको एउटा लगेज सहित ५२ सय तिरे ।

उनले टिकट काउण्टर पनि नदेखेको बताए । पैसा लिने अर्कै, टिकट दिने अर्कै र भरे गाडीमा अर्कै मान्छे देखेपछि आफू ठगिएको थाहा पाएका विश्वकर्माले बुझाएको ५२ सय मध्य त गाडीवालाले जम्मा २७ सय मात्र पाएको रहेछ ।

टिकट काउण्टरका कर्मचारीले परिचय खुल्ने कुनै परिचय-पत्र या पोशाक लगाएका हुँदैनन् । यस्तो अवस्थामा यात्रु भनै ठगिएका छन् ।

परिचय-पत्र या पोशाक अनिवार्य गरिएमा पनि टिकट काउण्टर आसपास हुने ठगी केही हदसम्म भएपनि रोकिने थियो ।

यति मात्र होइन यातायात ब्यावस्या कार्यलयका कारण पनि यात्रु ठगिने गरेका छन् । यातायताले तोकिदिएको दररेटमा डिलक्स र सुपर डिलक्सका नाममा बढी भाडा लिन पाउने ब्यावस्था छ ।

तर, त्यही ब्यावस्था कार्यालयका कारण यात्रु ठगिनु परेको छ । सामान्य भाडा दरमा गाडीले डिलक्स सुबिधा उल्लेख भएमा २० प्रतिशत बढी भाडा लिन पाउने र सुपर डिलक्स भए त्यसमा पनि २० प्रतिशत लिन पाउने भनेको छ ।

त्यसमा डिलक्स र सुपर डिलक्सको सुबिधा लिन के के मापदण्ड हुन पर्ने हो भन्ने उल्लेख नगर्दा यात्रुले टिकट काटने कर्मचारीले भनेजति भाडा दिनु परेको छ ।

डिलक्स र सुपर डिलक्स सुबिधा भए नभएको कुरा ब्लुबुकमा उल्लेख हुने भने पनि अधिकांस टिकट काउण्टरमा रहने कर्मचारीलाई उक्त कुरा थाहा छैन भने थाहा पाउनेको बुझाइ पनि गाडीको मूल्यसित मात्र छ ।

यातायता ब्यावस्यथा कार्यालयबाट केही गाडीले डिलक्स सुविधा नलिएका भने होइनन् । सुबिधा लिएका गाडीले सुबिधा पनि दिएका छन् ।

तर, सुबिधा भए नभएको बारेमा नत यातायातले अनुगमन गर्न गरेको छ नत ट्राफिक प्रहरीले नै ।

कोटेश्वर काउण्टरमा कार्यरत एक जना सिन्धुली काकड्भिट्टा रुटमा चल्ने काउण्टररका कर्मचारिले ९० लाख भन्दा माथिको गाडी सिधै सुपर डिलक्स भन्ने जवाफ दिए ।

गाडी ९० लाखको भएपनि त्यसमा राखिएका सिट चक्रपथमा चल्ने गाडीका जति पनि सहज छैनन् ।

अलि दुब्लो पातलो मानिस केही बेर बसेपछि बस्न सक्ने अवस्था छैन् । डिल्क्स सुविधा भएका गाडीमा सिट फोल्ड हुने गरिको हुनु पर्ने हो ।

तर, काठमाण्डू-खुर्कोट हुँदै पूर्व जाने कुनै पनि माइक्रोबसमा फोल्ड हुने सिट छैनन् ।

यति मात्र होइन गाडीमा एसी भएपनि एसी चलाउन आग्रह गर्दा झ्याल खोलेपछि चल्छ भन्ने रुखो जवाफ आउने गरेको यात्रुले गुनासो गर्ने गरेका छन् ।

भाडा सुपर डिलक्सको लिने अनि एसी खोल्न आग्रह गर्दा झ्याल खोल्नु पर्छ भन्ने जवाफले त्यो पेसिन्जर अर्को पटक पनि त्यही गाडीमा यात्रा गर्ला भन्नेमा चालक र सहचालकले ध्यान दिन जरुरी छ । 

कोटेश्वर लगायत अन्य क्षेत्रमा हुने बदमासी भनेको बिद्युतीय सवारी साधनले लिने भाडा हो ।

यातायात कार्यलयले बिद्युतीय सवारी साधनको भाडा नतोक्दा बिद्युतीय सवारी साधनले पनि इन्धनबाट चल्ने सवारी साधनले लिने जत्ति नै भाडा लिंदै आएका छन् ।

इन्धनबाट चल्ने सवारी साधन भन्दा करिव ७० प्रतिशत कम खर्चमा बिद्युतीय सवारी साधन चल्ने भनिए पनि बैज्ञानिक भाडा दर लागू हुन सकेको छैन् ।

यसको फाइदा यातायात ब्यावसायी र टिकट काउण्टरका कर्मचारीले उठाउँदै आएका छन् । यातायात कार्यालयले जति सक्दा चाँडो बिद्युतीय सवारी साधनको भाडा दर लागू गर्न जरुरी छ ।

यतिका बिग्न बेथिति हुँदा पनि नियामक निकाय नदेखे जस्तो गर्छ । 

नियामक निकायले प्रत्येक टिकट काउण्टरमा कुन गाडी नर्मल, डिलक्स र सुपर डिलक्स हो सो बारेमा खुल्ने कागजातको प्रतिलिपि राख्न लगाउन सकेमा केही हदसम्मको ठगाइ रोकिने थियो ।

भाडा बिबरण यातायातको वेभ साइटमा र चाडबाडका बेलामा बाटामा पनि टाँसेका हुन्छन् ।

ठूला -ठूला साइन बोर्ड राखेर मात्र भाडा कार्यान्वयन हुदैन् । अनियमितता गर्नेलाई कारवाहीको दायरमा ल्याउन सके यात्रुले पनि सहज महशुस गर्न पाउने थिए ।

यसमा राज्यका निकाय सहित यातायात ब्यावसायीको छाता संगठनले पनि चासो राख्नु पर्ने हो ।

तर, कतै तिरबाट पनि अनियमितता गर्नेलाई कारवाही गर्ने काम भएको छैन् । अझ यो चाडबाडको नजिकमा त झन यात्रु ठगिनु भन्दा पनि लुटिने गरेका छन् ।

गत बर्ष जस्तो महानगरले बसपार्कमाम कडाइ गरे जस्तै कोटेश्वर, गौशाला र कलंकीमा कडाइ गरे यात्रु ठगिनबाट केही भएपनि जोगिने थिए ।

महानगर, यातायात कार्यालय र यातायआत ब्यावसायीले पनि सार्वजनिक सेवालाई भरपर्दाे र विश्वशनीय बनाउन टिकट काउण्टर धाउने पर्ने अवस्थाको अन्त्य गर्ने तर्फ ध्यान दिन जरुरी छ ।

कम्तिमा अनलाइन टिकट पाउने ब्यावस्था गर्न सके अहिलेको बेथिति आफैं हटेर जानेमा दुइमत छैन् । 

Page Views: 59
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama