Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दैलेख सेवा समाज काठमाण्डूले सम्मन गर्यो समाजसेवी थापालाई

- shuvadmin / बुधबार, पुष १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दैलेख सेवा समाज काठमाण्डूले समाजसेवी रत्नबहादुर थापालाई सम्मन गरेको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थापालार्ई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

विपन्नका लागि स्वास्थ्य नेपाल नामक संस्थाका अध्यष समेत रहेका थापालाई ग्रामीण समुदायको सामाजिक आर्थिक शैक्षिक स्वास्थ्य सेवाका क्षेत्रमा पछाडि पारिएका जनजाती, उत्पीडित महिला तथा लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि स्वास्थ्य सेवाका माद्यमबाट पुर्याएको योगदानको मुल्याङकन गर्दै सम्मान पत्र सहित सम्मान गरेको हो ।

सभामुख घिमिरे र संस्थाका अध्यक्ष प्रताप शाही समेतले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । पहाडी जिल्ला ओखलढुङ्गाको गाम्नाङटारमा जन्मेका थापा विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष हुन् ।

विपन्नका लागि स्वास्थ्य नेपालले खासगरी मुटुरोग र बालकालिकासँगका समस्यालाई साथ, सहयोग र समन्वय गरिदिने काम गर्छ ।

थापा बिरामीको स्वास्थ्य उपचार र बिरामीहरूका लागि आवश्यक सहयोगको खोजीमा निक्कै व्यस्त हुन्छन् ।

कुनै पेशा व्यवसायमा भन्दा पनि थापा सामाजिक सेवाका काममा समर्पित भएर लागेका छन् ।

उनी र उनको संस्थाले मुटुरोग के हो ? किन र यस्ता समस्याबाट कसरी बच्ने जस्ता उपायका बारेमा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ ।

समस्यामा परेकाहरूलाई उपचारको प्रबन्ध मिलाउने काममा व्यस्त हुन्छन् ।

विभिन्न संघ संस्था र निकायको समन्वयमा विशेषज्ञ डाक्टर सहितको हेल्थ क्याम्प र बिरामीहरूको पहिचान गरी सम्बन्धित निकायमा रेफर र पहुँच सृजना गर्छन् ।

उनले गर्ने यस्ता काममा स्थानीय निकाय प्रदेश सहित केन्द्र सरकारको पूर्ण साथ र सहयोग गरेको छ भने थुप्रै संघ संस्थाहरुले उनको कामको मुल्याङकन गर्दै सम्मान र प्रशंसा गरेका छन् ।

नेपालमा नसर्ने रोगबारे जनचेतना जगाउने देखि खानपिन र आचरणमा शुद्दताका बारेमा सचेतना जागृत गर्ने काम उनीहरूको संस्थाले गर्दै आएकोछ ।

Page Views: 104
संबन्धित शिर्षकहरु
आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama