Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जलवायु परिवर्तनका चुनौती समाधानमा सबै जुट्नुपर्छ : प्रधानमन्त्री ओली

- shuvadmin / बिहिबार, पुष ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका मुलुक पनि एक भएर लाग्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।

“हामीले ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ तर त्यसको मार खेप्न बाध्य भएका छौँ । नबिराएको काममा सजाय भोग्नुपरेको छ । नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन यो ग्लोबल मुद्धा हो ।”,

प्रधानमन्त्री ओलीले भने, “हिमालय जलवायुको मुद्दा हिमालको मात्रै होइन, हिमालसँग विश्वको वार्मिङ सिस्टम जोडिएको छ ।

हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ । यस क्षमताको ह्रास हुन जलवायु चुनौती हो । त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।”

नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा पनि राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भू-भाग संरक्षित गरेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो ।

सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो ।

उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसदहरु, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि, नीति निर्माता र स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागिता थियो ।

Page Views: 66
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama