Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कास्की अदालतमा रविसँग ३ घण्टा बयान, फेरि भने- थाहा छैन!

- shuvadmin / बिहिबार, पुष ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतलाई ३ घण्टा लामो बयान दिएका छन्।

न्यायाधीश नीतिज राईको इजलासमा रविले बयान दिएका हुन्। बयानका क्रममा उनले यसअघि दाबी गर्दै आएजस्तै ‘कुनै पनि विषय थाहा छैन’ भन्ने उल्लेख गरेका थिए।

रविको बयान नसकिएकाले शुक्रबार पनि उनीसँग राई इजलासले बयान लिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ।

आइतबार पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जना र ८ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।

सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरिएको छ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट जीबी राईको अध्यक्षतामा चलाइएको गोर्खा मिडिया नेटवर्कमा रविका साझेदार रहेका छविलाल जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार बिगो कायम गरिएको छ।

पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको छ।

Page Views: 80
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama