Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तात्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

- shuvadmin / मङ्गलबार, पुष १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तात्कालीन गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तात्कालीन गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा स्थानयी बजार क्षेत्रको बाटोमा गुणस्तरहीन ढलान कार्य गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको जानकारी दिए ।

तात्कालीन गाउँपालिका अध्यक्ष अर्यालसहित तात्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तात्कालीन इन्जिनियर नबिन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम रहेका छन् ।

यसै गरी इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर भएको छ ।

गाउँपलिकाका अध्यक्ष अर्याल र इन्जिनियर थापामाथि ३५ लाख ३९ हजार बिगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक बिगो मागदाबी गरेको छ ।

सहायक प्रवक्ता थपलियाले उनीहरुले बाटोको कमसल काम गरेर दुई फरक ठाउँमा क्रमशः २७ लाख पाँच हजार ११ रुपियाँ र आठ लाख ३४ हजार ३२० रुपियाँ भ्रष्टाचार गरेको जानकारी दिए ।

Page Views: 90
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
ताजा अपडेट
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • संघीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक बस्दै
  • मुस्ताङमा भूकम्पकाे धक्का
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama