Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्वर्णलक्ष्मी सहकारी हिनामिनामा एक अर्ब बिस करोड बिगो माग

- shuvadmin / बिहिबार, पुष १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनमा हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (निलम्बित) सहित ४० जनाभन्दा बढी प्रतिवादीविरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस गरिएको छ ।

परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदन तयार भएको र बिहीबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी छ ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा आरोपपत्र दायर गर्दा प्रतिवादी र हिनामिना भएको रकमको बिगो तलमाथि हुन सक्ने भएकाले प्रहरीले सबै विवरण भने सार्वजनिक गरेको छैन् ।

अनुसन्धान प्रतिवेदनमा परिसको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहरकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामासहित पूर्वअध्यक्ष जिबी राई, देवेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सविना आलेमगरलगायतविरूद्ध मुद्दा चलाउनुपर्ने राय प्रतिवेदनमार्फत दिइएको छ ।

परिसर स्रोतका अनुसार स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले जम्मा गरेका कुल दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपियाँमध्ये एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो अपचलन भएको पाइएको छ ।

हिनामिना भएकोमध्ये झन्डै ६४ करोड रुपियाँ अवैध रूपमा गोर्खा मिडिया लगी अपचलन गरेको पाइएको छ ।

स्वर्णलक्ष्मी सहकारीमा उक्त सहकारीको रकम हिनामिना भएको भन्दै ६९० जना पीडित बचकर्ताका तर्फबाट ९३ वटा छुट्टाछुट्टै जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीको अनुसन्धानमा सहकारीका तात्कालीन अध्यक्ष जिबी राईसहितले गोर्खा मिडिया नेटवर्कमा मात्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपियाँ लगेको भेटिएको छ । प्रहरीले गोर्खा मिडियाको हकमा उक्त रकम नै बिगो मागदाबी गरेको छ ।

गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न भनी सो सहकारीबाट २०७८ साउन ४ मा ४६ लाख ९८ हजार र ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै २०७८ पुस १ मा ४६ लाख ८८ हजार रुपियाँ लगेको पाइएको छ ।

यसै गरी पोखराको सूर्यदर्शन सहकारीबाट अनधिकृत रूपमा स्वर्णलक्ष्मी सहकारीमा एक करोड तीन लाख ३७ हजार ७३९ रुपियाँ अवैध ऋण प्रवाह गरेको पाइएको छ ।

अनुसन्धान प्रतिवेदनमा स्वर्णलक्ष्मी सहकारीबाट डेभ डिप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्म, मन्डारा टु«र्स एन्ड एक्सपेन्डिसन लिमिटेड, गोर्खा हर्बल प्रोडक्सन प्रालि, मन्डारा ट्रुर एन्ड ट्राभल्स लिमिटेड, कुम कुम हर्बल इन्डस्ट्रिज प्रालिमा ऋण प्रवाह गरेको फेला परेको छ ।

त्यस्तै हर्बो इन्टरनेसनल प्रालि, न्यू सुलक्स अफसेट प्रिन्टर्स र गोर्खा ग्रुप अफ कम्पनिज प्रालि सारेगामा रेकर्डस प्रालि, भगवती बालुवाखानी प्रालि, स्प्रिङबुड रियलस्टेट प्रालि र गोर्खा मिडिया प्रालिमा अवैध रूपमा ऋण प्रवाह गरेको पाइएपछि सोही अनुसारको बिगो मागदाबी सिफारिस गरिएको छ ।

Page Views: 123
संबन्धित शिर्षकहरु
अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
एनपिएलमा आज एक मात्र खेल हुने
आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै
ताजा अपडेट
  • अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
  • एनपिएलमा आज एक मात्र खेल हुने
  • आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama