Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झिनो अंकले बढ्यो नेप्से, ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दूमा

- shuvadmin / बिहिबार, पुष १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ ।

आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दूमा सीमित बनेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोवार हुने साताको अन्तिम दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा गिरावट आयो भने अन्य ८ वटा समूहमा हरियाली छायो ।

आज विकास बैंक समूह सर्वाधिक अर्थात २.४० प्रतिशतले बढ्यो । वित्त समूह आज ०.४१, होटल ०.६९, हाईड्रो १.८७, जीवन बीमा ०.३७,उत्पादन तथा प्रशोधन ०.८०,म्युचुअल फण्ड ०.३० र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले बढ्यो ।

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.१५, लगानी ०.३३,माइक्रोफाइनान्स ०.२१ र अन्य समूह १.८४ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन प्रभु महालक्ष्मी लाइफको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड १७ लाख बढीको कारोबार भयो ।

न्यादि हाईड्रोको आज २० करोड ७२ लाख,हिमालयन डिष्टिलरीको ११ करोड ८५ लाख,कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज न्यादी हाईड्राीको सेयरमूल्य १० प्रतिशत, सामुदायिक लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक र सुपर मादी हाईड्रोको सेयरमूल्य १० प्रतिशतकहो हाराहारीले बढ्यो ।

यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ५।०२ प्रतिशतले घट्यो ।

जानकी फाइनान्सको सेयरमूल्य पनि आज ३।६३ प्रतिशतर नेपाल टेलिकमको सेयरमूल्य ३।२५ प्रतिशतले घट्यो ।

Page Views: 77
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama