Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सहकारी ठगी प्रकरणमा रवि सहितलाई प्रतिवादी बनाएर काठमाडौँ प्रहरीले बुझायो प्रतिवेदन

- shuvadmin / शुक्रबार, पुष १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत विरुद्ध सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा बहस चलिरहँदा काठमाडौँमा पनि मुद्दा प्रकिया अघि बढ्ने भएको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथिको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिबेदन बुझाएको हो ।

सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपीहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले प्रहरी हिरासतमा थुनामा छन् ।

मुख्य आरोपी जीबी राईसहित थप केही भने अझै फरार छन् ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहँदा पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको जनाइएको छ ।

लामिछाने सहितलाई कास्कीमा झैँ काठमाडौँमा पनि सहकारी ठगी, कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama