Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महानगरहरू गर्दैछन् वायु प्रदूषण नियन्त्रणको प्रयास

- shuvadmin / शनिबार, पुष २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले वायु प्रदूषण नियन्त्रणका लागि सवारी साधनको धुवाँ चेकजाँचको काम सुरु हुने बताएका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुखसमेत रहेका मर्हजनले अबको हप्तादिनमा ललितपुर महानगरबाटै यो काम सुरु हुने जानकारी दिए ।

प्रमुख महर्जनले भने, “वायु प्रदूषणको सन्दर्भमा डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीको धुवाँ चेक गर्नका निमित्त काठमाडौं भ्याली फोरम अगाडि बढिरहेको छ ।

यसको सुरुवात ललितपुर महानगरबाट गर्न गइरहेका छौं । निकट भविष्यमै, केही दिनभित्रै शुभारम्भ गर्छौं ।”

मापदण्डअनुसार हावामा २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएका कण ९पीएम २।५० को वार्षिक औसत मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्योभन्दा कम हुनुपर्छ ।

उनले यसका लागि सवारी साधनको धुवाँ चेकजाँच गर्ने उपकरण महानगरमा ल्याइसकिएको जानकारी दिए ।

अबको हप्तादिनभित्र त्यो कामको सुरुवात हुने उनको भनाइ छ । उनले भने, “हामीले इक्विप्मेन्ट ल्याइसक्यौं, तर चलाएका छैनौं ।

मलाई जहाँसम्म लाग्छ, एक हप्ता पर जाँदैन । हामी त्यसको शुभारम्भ गर्दैछौं ।”

ब्रुमरबाट सडकको धुलो, धुवाँ सफाइको काम हुँदै आएको भन्दै उनले समग्र काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं उपत्यका मेयर फोरमले आगामी दिनमा विभिन्न काम गर्ने योजना अगाडि सार्ने भनाइ राखे ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सरिता राईले महानगरले पुस महिनालाई वायु प्रदूषण सचेतना महिना भनेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले वायु प्रदूषण नियन्त्रणका लागि मुख्य कुरा फोहोर व्यवस्थापन रहेको बताए ।

राईले भने, “पहिलो कुरा फोहोर व्यवस्थापन नै हो । खुला रुपमा फोहोर जलाउन निषेध गरेका छौं । अनुगमनका क्रममा फेला पार्‍यौं भने १० हजार रुपियाँ जरिवाना हुनेछ ।

त्यसबाहेक दैनिकरुपमा सडकको धुलो सफा गर्ने काम हामीले गरिरहेका छौं ।”

यससँगै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको एक लाख बिरुवा रोप्ने अभियान अन्तर्गत वृक्षारोपणको काम भइरहेको जानकारी उनले दिए ।

वायु प्रदूषण मापनयन्त्र महानगरको १६ स्थानमा जडान भइसकेको छ । अझै तीन वटा ठाउँमा यो मापन जडान गरिने उनको भनाइ छ ।

उनले काठमाडौं महानगरपालिकाले पनि सवारी साधनको धुँवा चेकजाँच गर्ने काम छिट्टै सुरु गर्न तयारीमा रहेको बताए ।

उनले भने

, “सवारीको धुवाँ चेकजाँच गर्ने सम्बन्धमा अलिकति प्रशासनिक कामहरु बाँकी छ । भोलि वा पर्सीबाटै हामी यो सुरु गर्न सक्छौं ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएका कण (पीएम २.५) को वार्षिक औसत मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्योभन्दा कम हुनुपर्छ ।

तर, काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा ‘डब्लूएचओ’ को यो मापदण्डभन्दा आठ गुणाभन्दा बढीसम्म पुग्ने गर्दछ ।

खुला रुपमा फोहोर जलाउन निषेध गरेका छौं । अनुगमनका क्रममा फेला पार्‍यौं भने १० हजार रुपियाँ जरिवाना हुनेछ ।

वातावरणविद् भूषण तुलाधरका अनुसार जाडोयाममा वायु प्रदूषण झनै बढ्ने गरेको छ । तुलाधरले भने, “वायु प्रदूषण जाडो महिनामा बढ्छ भनेर हामी सबैलाई थाहा छ ।

तर, जति बढ्ने गर्दथ्यो सायद, अहिले त्यति बढेको छैन, यो मौसमी कारणले पनि हो । वायु प्रदूषण इन्डियामा धेरै बढ्दा, त्यो हावाले यता पनि ल्याउँथ्यो ।

सामान्यतया यो अहिले बढेको छैन तर वर्षाभन्दा बढेको छ र थप बढ्नेवाला छ।”

जाडोयाम भर्खर सुरु भएकोले माघ महिनासम्म यो झनै बढ्ने उनको भनाइ छ । उहाँले चैत, वैशाखमा डढेलो बढ्ने हुँदा त्यो बेला वायु प्रदूषण पनि बढ्ने बताए ।

उनले वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं उपत्यका अन्तर्गतका केही स्थानीय सरकारले पहल गर्दै आएको बताए ।

उनले भने, “काठमाडौं महानगरपालिकाले भनौं न, फोहोर जलाउनेलाई दण्डित गर्ने कामहरू गरेको देख्छु । जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्ने काम पनि गरेको छ ।

काठमाडौं र ललितपुर दुवै महानगरपालिकाले गाडीको धुवाँ जाँच गर्ने मेसिनहरू किनिसकेको छ । उनले अबको एक हप्तामा त्यो सुरु गर्ने भन्नुभएको छ ।”

काठमाडौं र ललितपुर दुवै महानगरपालिकाले गाडीको धुवाँ जाँच गर्ने मेसिनहरू किनिसकेको छ ।

उनले उपत्यकाका विभिन्न नगरपालिकाले धुवाँ फाल्ने गाडीलाई नियन्त्रणमा ल्याउन जरिवाना गर्ने काम गरिरहेको बताए ।

उनले भने , “चाँगुनारायण नगरपालिकाले फोहोर नजलाउँ भन्ने सूचना बेला–बेला दिइरहेको छ ।

चाँगुनारायण नगरपालिकाभित्र कम्तीमा यो इलेक्ट्रिक पब्लिक ट्रान्सपोर्ट अर्थात् सार्वजनिक यातायातलाई प्रवर्धन गर्नका लागि भनेर चार्जिङ स्टेसन बनाउने भनेर अगाडि बढिरहेको छ ।”

Page Views: 69
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama