Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाण्डू महानगरले बिदामा राखेको तालिम शिक्षकले गरे बहिष्कार

- shuvadmin / सोमबार, पुष २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं महानगरपालिका शिक्षा विभागले बिदाको समयमा तालिम सञ्चालन गरेर शिक्षकलाई पेल्न थालेपछि नेपाल शिक्षक महासंघ काठमाडौं महानगर समितिले उक्त तालिम बहिष्कार गरेको छ।

हिजो आइतबारबाट शुरू भएको तालिम महासंघ आबद्ध शिक्षकले बहिष्कार गरेका हुन्। तालिम बहिष्कार गरेसँगै कामपा शिक्षा विभागले छलफल गर्ने तयारी गरेको छ ।

समितिको शनिवार बसेको बैठकले निजामती कर्मचारीको घरबिदाको सट्टामा रहेको शिक्षकहरूको जाडो बिदाको सुविधाबाट समेत वञ्चित गर्ने गरी शिक्षा विभागबाट एकाङ्गी ढंगबाट अगाडि सारिएका तालिमसम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ।

कामपाले शिक्षक महासंघ र अन्य कुनै पनि निकायसँग छलफल नगरी बिदाको दिनमा पठनपाठन गराउन र तालिममा सहभागी हुन पत्राचार गरेको थियो।

समितिले पुस १८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने र नगराउने निर्णय गरेको छ।

महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले प्रअ शिक्षक र सोसँग आबद्ध संघसंस्थासँग सल्लाह नै नगरी गरेको निर्णय कार्यान्वयन नहुने स्पष्ट पारे।

उनले भने– ‘हिजोबाट तालिम शुरू भएको थियो, एकाध र निजी विद्यालयबाहेक कोही सहभागी भएनन्। कामपाले एसईई सुधार गर्न अनिवार्य ५ र १ ऐच्छिक गरी ५ विषयमा तालिम दिने निर्णय गरेको थियो।

‘त्यसमा हिजो पाँचवटा विषयमा शून्य र एउटा विषयमा निजीसहितका १० जना शिक्षकमात्र सहभागी थिए’ –महानगर समितिका अध्यक्ष अधिकारीले भने ।

उनका अनुसार कामपाले अनिवार्य नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान र ऐच्छक अर्थशास्त्र विषयमा तालिम शुरू गरेको थियो ।

गणितमा १० जना आए अन्यमा कोही आएनन् । ‘बिदा मनाउन घरघर पुगेका शिक्षक कसरी तालिममा आउँछन् ? अब बिदा सकिएपछि बल्ल तालिमको विषयमा कुराकानी हुनेछ’ –अध्यक्ष अधिकारीको भनाइ थियो।

कामपाले पुस महिनाभित्र तालिम सक्न समितिलाई दबाब दिएको थियो । हाल कामपाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्।

पहिलो चरणमा मावि तहका ४ सय शिक्षकलाई तालिम दिन पत्राचार भएको थियो। करिब १ हजार ७ सयलाई तालिम दिने योजनाा थियो, पहिलो चरणमै रोकियो।

कामपा शिक्षा विभागका अधिकृत नेत्रनारायण पौडेलले कसरी तालिम सञ्चालन गर्ने भन्ने विषयमा महासंघको महानगर समितिसँग कुराकानी भइरहेको बताए ।

उनले भने – ‘महासंघका अधिकारीसँग वार्ता गर्ने तयारीमा छौैं, त्यसपछि निर्णय गर्नेछौं ।’ तर, महानगर समितिले बिदायता कुनै पनि तालिममा सहभागी नहुने स्पष्ट पारेको छ।

समितिले माघ ८ गतेसम्म कुनै पनि कार्यक्रममा सहभागी नगर्न नगराउन सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालालाई पत्राचार गरेको छ ।

काठमाडौं महानगरपलिका शिक्षा विभागद्वारा प्रकाशित शैक्षिक क्यालेन्डरमा पौष १८ देखि माघ ८ गतेसम्म बिदा राखिएको, क्यालेन्डरमा हाल प्रचारमा ल्याइएका कुनै कार्यक्रम नरहेको जनाएको छ।

सरोकारवालासँगको समन्वयविना हचुवाको आधारमा कार्यक्रमहरु गर्दै जाँदा राज्यकोषको दुरुपयोग हुने तर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने, सबै शिक्षकहरु सहभागी भई लाभान्वित हुनुपर्ने महत्वपूर्ण कार्यक्रम शिक्षकको अनुकूलता नहेरी आयोजना गर्दा महानगरको बजेट सक्ने र झारा टार्ने काम हुने तर शिक्षकहरू उक्त अवसरबाट वञ्चित हुन गई शिक्षा क्षेत्रमा अपेक्षित सुधार गर्न नसकिने आरोप समितिको छ।

समितिले गरेको निर्णय सबै सरोकारवाला निकायलाई पठाइसकेको छ । समितिले कम्तीमा एक हप्ता अगाडि सूचना दिनुपर्नेमा विद्यालय बिदा हुने अन्तिम दिनमा मात्र सूचना आएकाले शिक्षकबीच अन्योलता छाएको, विद्यालयका शिक्षक, फोकल शिक्षक र विद्यार्थीहरू जाडो बिदा भई गृहक्षेत्र गइसकेको हुँदा शिक्षकले चाहँदाचाहँदै पनि कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको र विद्यालयमा शैक्षिक भ्रमणलगायतका पूर्वनिर्धारित कार्यक्रमहरू रहेकाले महानगरपालिकाद्वारा अगाडि सारिएका कार्यक्रमहरूमा सहभागिता जनाउन असमर्थ रहेको उल्लेख गरेको छ।

समितिले कार्यक्रम गर्दा सबै शिक्षक उपस्थित हुन नसक्ने र यस्तो अवस्थामा जबरजस्ती चलाइएका कार्यक्रमहरूले जनताको करबाट संकलित स्रोत साधन खर्च हुने आरोप लगाउँदै भनेको छ– ‘सम्पूर्ण शिक्षकको सहभागिताको सुनिश्चितता हुने गरी शैक्षिक सत्रको अन्तिममा वार्षिक परीक्षा सकिएपछि चैत्र महिनामा सञ्चालन गर्न आग्रह गर्दछौं।’

समितिका सचिव हेरम्बराज कँडेल र अध्यक्ष राजेन्द्र अधिकारीद्वारा हस्ताक्षरित पत्रमा बिदाको दिनमा हुने कार्यक्रममा सहभागी हुन अपिलसमेत गरेका छन्।

Page Views: 71
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama