Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भित्री वस्त्रमा लुकाएर सुन तस्करी, लुटपाटको आरोपमा तीन पक्राउ

- shuvadmin / सोमबार, पुष २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ । तीनै जनालाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा पुस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाई छिपाई ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरूले लुटी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल तीन थान र मोटरसाइकल एक थानसमेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Page Views: 70
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama