Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सर्लाहीको हरिवनमा रहेको इन्दू शंकरले दिन थाल्यो उखु किसानलाई तुरुन्तै भुक्तानी

- shuvadmin / मङ्गलबार, पुष २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सर्लाही, सर्लाहीको हरिवनमा रहेको इन्दू शंकर चिनी उद्योगले क्रसिङ भएको उखुको भुक्तानी किसानलाई एक सातामै दिन थालेको छ।

इन्दू शंकरले सरकारले दिने अनुदानको रकमबाहेक उद्योगको तर्फबाट किसानलाई दिनुपर्ने प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँका दरले भुक्तानी तुरुन्तै दिन थालेको हो।

पुस १७ गतेसम्म किसानको खातामा २८ करोड रुपैयाँ भुक्तानी गइसकेको इन्दू शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिए।

‘हामीले किसानको भुक्तानी रोकेका छैनौँ,’ उनले भने, ‘क्रसिङ भएको उखुको एक सातामै भुक्तानी दिने गरेका छौँ। तुरुन्तै भुक्तानी पाउँदा किसान पनि खुसी भएका छन्।’

गएको मंसिर २७ गतेदेखि सञ्चालन आएको इन्दुशंकरले आज (मंगलबार) बिहानसम्म सात लाख तीन हजार क्विन्टल उखु क्रसिङ गरेको छ।

हामीले यस वर्ष ३० लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गर्ने लक्ष्य राखेका छौँ,’ नेपालले भने, ‘यो लक्ष्यमा थोरै तलमाथि हुनसक्छ। तर, यसवर्ष ३० लाख क्विन्टलभन्दा बढी नै उखु क्रसिङ हुने हाम्रो अनुमान छ।’

गत वर्ष इन्दु शंकरले २९ लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गरेको थियो। विगत केही वर्षदेखि इन्दू शंकरले उखु क्रसिङ बढाउँदै लगेको छ।

विगतका वर्षमा पनि इन्दू शंकरले कहिल्यै किसानको भुक्तानी नरोकेको र भुक्तानी दिनमा ढिलाई पनि नगरेको नेपालले बताए।

उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न पनि इन्दू शंकरले तुरुन्तै भुक्तानी दिने नीति लिएको हो।

तुरुन्तै भुक्तानीसँगै उद्योगले किसानको हितमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जानकारी उनले दिए।

‘हामीले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न उन्नत जातको उखुको बिउ, त्यसको उपचार, प्रांगारिक मल र विषादीहरु उपलब्ध गराउँदै आएका छौँ,’ नेपालले भने, ‘उखु खेतीमा अन्तरबाली, उन्नत कृषि उपकरणको प्रयोग जस्ता विधि पनि हामीले किसानलाई सिकाएका छौँ।

त्यसका लागि किसान लक्षित अवलोकन भ्रमण, तालिम र गोष्ठीहरु पनि सञ्चालन हुँदै आएका छन्।’ उखुको तुरुन्तै भुक्तानी पाउँदा किसानलाई इन्दू शंकरप्रति विश्वास र भरोसा बढेको दाबी उनले गरे।

गतवर्ष किसानले उखुको मूल्य ६ सय ५५ रुपैयाँ पाएका थिए। गतवर्ष किसानले पाएको मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ थप गरेर चालू सिजनको लागि सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको हो।

सरकारले दिने अनुदानबाहेक प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँका दरले इन्दू शंकरले किसानलाई उखुको भुक्तानी दिएको हो।

गत वर्ष उद्योगीले किसानलाई उखुको मूल्य प्रतिक्विन्टल पाँचसय ६५ रुपैयाँ दिएका थिए।

गत गर्ष सरकारले किसानलाई उखुमा प्रतिक्विन्ल ७० रुपैयाँ अनुदान दिएको थियो। गएको सिजनमा सरकारी अनुदानसहित किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाएका थिए।

तर, यस वर्ष सरकारले किसानलाई कति रुपैयाँ अनुदान दिन्छ, आधिकारिक रुपमा टुंगो लागिसकेको छैन्।

तर, संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारीले भने यस वर्ष पनि सरकारले किसानलाई दिने अनुदान रकम गतवर्षभन्दा नघट्ने बताएका छन्।

Page Views: 65
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama