Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ताप्लेजुङको उच्च भेगमा बर्षासँगै बाक्लो हिमपात

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो ।

जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) सहित उच्च हिमाली भेगमा हिमपात भएको छ ।

हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा सामान्य हिउँ परेको छ ।

ओलाङ्चुङगोला बस्तीमा सामान्य हिउँ परेको स्थानीय दावाफुटी शेर्पाले जानकारी दिए । उनका अनुसार ओलाङ्चुङगोलामा वर्षा भने भएको छैन् ।

यस्तै, फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार फले र घुन्सा बस्तीमा पनि सामान्य मात्र हिउँ परेको छ । उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

जिल्लाको मैवाखोला गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, मिक्वाखोलाको तोक्पेगोला क्षेत्र, फक्ताङ्लुङको मानाभरा क्षेत्रमा हिमपात भएको छ ।

सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको माथिल्लो भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

यता तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरामा झण्डै एक फिटसम्म हिउँ थुप्रेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि गत मङ्सिर ५ गते ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो ।

यता लामो समयपछि वर्षा भएकाले किसान हर्षित भएका छन् । नगदेबाली अलैँची, फलफूल र हिउँदे बालीका लागि वर्षाले राहत पुर्‍याएको स्थानीय किसानले बताएका छन् ।

यस्तै वर्षा र हिमपातले वातावरण सन्तुलित राख्नमा पनि सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाको भनाइ छ ।

हिमपात भएपछि जिल्लामा चिसो भने निकै बढेको छ । सदरमुकाम फुङ्लिङसहित जिल्लाभर चिसो निकै बढेको स्थानीय बताएका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार मङ्गबार राति ४.१ मिलिमिटर वर्षा भएको छ ।

बुधबार बिहानको ताप्लेजुङको न्युनतम् तापक्रम ३.२ डिग्री सेलसियस मापन गरिएको फिल्ड कार्यालयका नायव मौसम विज्ञान सहायक सुयोग भट्टराईले जानकारी दिए ।

Page Views: 70
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama