Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीव्रगतिमा छिचोलिँदै सिद्धबाबा सुरुङमार्ग

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बुटवल, सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि दोभानसम्म झण्डै तीन किलोमिटर सडक क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछ ।

सुख्खा तथा हिले पहिरो झरिरहने उक्त सडकको विकल्प नभएपछि यात्राहरु असुरक्षित यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

मृत्युमार्गको नामले चिनिने सिद्धाबाबा क्षेत्रमा यात्रा गर्दा नडराउने कमै होलान् । सोही जोखिम न्यूनिकरण गर्नका लागि सुरुङमार्ग निर्माणलाई जोड दिइएको छ ।

नेपाल सरकार र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्ग बनाउने ठेक्का सम्झौता भएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तोकिएको समयसीमा अगावै सक्नेगरी तीव्रता पाएको छ।

एक हजार १ सय २६ मिटर लामो सुरुङमार्गमध्ये एक हजार ८९ मिटर खनेर सक्ने काम अन्तिम चरणमा पुगेको छ।

मुख्य टनेलदेखि दोभानसम्मको दोस्रो टनेलबिचमा तीन वटा वाइपास टनेल रहेका छन् ।

हालसम्म तीन वटा बाइपास टनेल (सुरुङ) यसअघि छिचोलिसकेको सिद्धबाबा सुरुङमार्ग आयोजनाकी इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले तीन वटा टनेलको खन्ने काम सकिसकेको र ‘ब्रेक थ्रु’ पनि गरिसकेको बताइन् ।

उनले २०८० पुसबाट मेसिन प्रयोगगरी खन्न शुरु गरिएको सुरुङ यही पुस महिनाभित्रै खनेर सकिने बताइन् ।

उनले भनिन्, पहिलो बाइपास टनेल १५१ मिटर, दोस्रो बाइपास टनेल १६१ मिटर र तेस्रो बाइपास टनेलको १३० मिटर सुरुङ खनिएको छ।

ठेक्का सम्झौता अनुसार सुरुङमार्ग निर्माणपछि पनि सोही कम्पनीले पाँच वर्षसम्म सञ्चालन र मर्मतको काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

२०८१ जेठ १३ गतेबाट विस्फोटक पदार्थ प्रयोग गरेर टनेलभित्र खन्ने कामलाई प्राथमिकता दिएर अगाडि बढाइएको थियो ।

अब १५.८ मिटर मात्रै खन्न बाँकी छ, जसको खन्ने काम दैनिक चलिरहेको छ, करिब अन्तिम चरणमा पुगेको छ, यथाशीघ्र मुख्य टनेलको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको छु, सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख इन्जिनियरकृष्णराज अधिकारीले भने ।

प्रमुख अधिकारीले सुरुङ खन्ने काम सकिए पनि अस्थायी सपोर्ट, टनेल लाइटिङ (ढलान) , विद्युतीकरण (लाइटिङ), भेन्टिलेसन, अग्नि नियन्त्रण सम्बन्धी काम, सडक ढलान (पेभमेन्ट) टनेलभित्र र बाहिर, चिडियाखोलादेखि दोभानसम्मको २ हजार ३९८ मिटर सडक कम्तीमा नालीसहित १० मिटर स्तरोन्नति र पहाडबाट खसेको ढुङ्गा वा पहिरोलाई सिधै खोलामा झार्ने रकसेड, आवश्यक अनुसार रकनेट गर्ने, आकस्मिक उद्धारको लागि हेली प्याड दक्षिण र उत्तर प्रवेशद्वार नजिक निर्माण गर्ने लगायत पाँच वर्षे सम्झौता अनुसार २०८३ साल चैत्र ८ गतेभित्र बाँकी सबै काम सम्पन्न गर्ने गरी गरी लागेको बताए ।

उक्त सडक निर्माण भएपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका नागरिकहरुले सुरक्षित यात्रा गर्न पाउने भएका छन्।

हिउँदे र वर्षात्को समयमा पहिरो खस्ने, बाटो अवरुद्ध हुने र सडकमा यात्रा गरिरहेका सवारीमाथि पहिरो खस्ने जोखिमको अन्त्य हुने अपेक्षा गरिएको र अकालमै मृत्युवरण गर्नुपर्ने खतरा हटेर जाने विश्वास गरिएको छ ।

आयोजनाको अनुसार हालसम्म कुल भौतिक प्रगति ३८.३९ प्रतिशत र पेश्कीसहित वित्तीय प्रगति ३९.९ प्रतिशत भएको जनाइएको छ।

Page Views: 92
संबन्धित शिर्षकहरु
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
ताजा अपडेट
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama