Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रम अदालतको आदेश कार्यान्वयनको माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा श्रमिकले लगाए ताला

- shuvadmin / बिहिबार, पुष २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पशुपति क्षेत्र विकास कोषको कार्यालयको मूल गेटमा ताला लगाएर श्रमिक आन्दोलनमा उत्रिएका छन् ।

श्रम अदालत भक्तपुरको आदेश कार्यान्वयनको माग गर्दै २४ दिन अघिदेखि आन्दोलनरत मजदूरहरु मूल गेटमा ताला लगाएर धर्नामा बसेका हुन् ।

यही पुस ५ गते श्रम अदालत भक्तपुरको श्रमिकलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन कोषको नाममा जारी भएको अल्पकालीन आदेश कार्यान्वयनको माग गर्दै श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।

सो आदेशपछि गत पुस ११ गते दुवै पक्षको बहसपछि अदालतले आफ्नो अल्पकालीन आदेशलाई निरन्तरता दिएको थियो ।

तर, कोषले सो आदेशविपरीत आफूहरुलाई काम गर्न र हाजिर गर्न नदिएको भन्दै श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।

अदालतको फैसला विरुद्ध विकास कोषले श्रमिकहरूलाई हाजिर गर्नबाट वञ्चित गरेपछि तालाबन्दी गर्नुपर्ने अवस्था आएको आन्दोलनरत श्रमिकहरूको भनाई छ।

२०८१ पुस ४ गते श्रमिकले श्रम अदालत भक्तपुरमा आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गरेका थिए ।

पुस ११ गते दुबै पक्षको बहस पछि पुस १८ गते छलफलको पेशी तोकी अल्पकालीन अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ।

पुस १८ गते दुवै पक्षको बहस पछि सम्मानित श्रम अदालत भक्तपुरले नियमित काममा लगाउने पुस ५ गतेको अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ।

श्रमिकले अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर सहित काममा लगाउन पशुपति क्षेत्र बिकास कोषमा पटक पटक निवेदन गरेपनि हालसम्म हाजिर लगाई काममा लगाएको छैन्।

अदालतको आदेश पछि कोषका सदस्य सचिव मिलनकुमार थापा मोबाइल अफ गरेर कार्यालय आएका छैनन्।

Page Views: 72
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama