Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अख्तियारलाई नै घुस दिने प्रशासकीय अधिकृत धुर्वप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

- shuvadmin / बिहिबार, पुष २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनी अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान हुँदा उनले एक लाख रुपैयाँ घुस दिएका थिए ।

‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो,’ अभियोगपत्रमा भनिएको छ ,‘ यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’

अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि उनलाई बोलाइएको थियो ।

बयान दिन जाँदा उनले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।

अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई उनले यस्तो घुस प्रस्ताव गरेका थिए ।

Page Views: 106
संबन्धित शिर्षकहरु
मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
विद्युतीय कारमा आगलागी चालकको मृत्यु
ताजा अपडेट
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama