Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बीमा प्राधिकरणको अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान

- shuvadmin / शुक्रबार, पुष २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

अर्थ मनत्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणको रक्त सञ्चालक समितिको अध्यक्ष पद खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिन लागेको हो ।

इच्छुक तथा योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाण्डौमामा गोप्य खामवन्दी आवेदन दिनु पर्नेछ ।

अध्यक्ष पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ ।

यस्तै उच्च नैतिक चरित्र भएको,बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३० बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको र प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा नभएको हुनुपर्नेछ ।

आवेदन पेश गर्दा नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिमको कागजात तथा विवरणहरू आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ ।

यस्तै, आवेदनसाथ उपर्युक्त कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

गत मंसिर २४ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि प्राधिकरण अध्यक्षविहिन छ ।

प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई उमेर हदसम्बन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सिलवालको पद स्वतः पदमुक्त भएको थियो ।

प्राधिकरणमा अध्यक्ष नभएपछि अर्को व्यवस्था नभएसम्मका लागि अर्थका सहसचिव मदन दाहालले अध्यक्षको रुपमा काम गरिरहेका छन् ।

Page Views: 48
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama