Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज रातिदेखि फेरि हिमपात र वर्षा, सोमबार रातिबाट मात्र मौसम सुधार हुने सम्भावना

- shuvadmin / शनिबार, पुष २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, शनिबार रातिदेखि हिउँ र पानी पार्ने मौसम प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

शनिबार भिडिओ सन्देश जारी गर्दै मौसमविद् निर्मला रेग्मीले पुस २७ र २८ गते दुई दिन हिमपात र वर्षा हुने सम्भावना देखिएको जानकारी दिएकी हुन्।

उनका अनुसार आज रातिदेखि पश्चिमतिरबाट बादल लाग्न सुरु हुने देखिन्छ।

उनले अगाडि भनेकी छन्, ‘२७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।

पानीको कुरा गर्नुपर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी र तराई भूभागका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ भने बाँकी प्रदेशमा कतै कतै बादल लागे पनि मौसम मुख्यतया सफा रहनेछ।’

मौसमविद् रेग्मीका अनुसार पुस २८ गते (आइतबार) भने बादल पश्चिमबाट पूर्वतरि फैलिँदै जाने देखिन्छ। उक्त दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोसी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।

उनले भनेकी छन्, ‘पानीको हकमा सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ।

कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। बाँकी भूभागमा भने आंशिकदेखि साधारणतया बादल लागी एकरदुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।’

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार रातिदेखि सोमबारसम्म हिमपात र वर्षा हुने सम्भावना देखिएको हो।

उनले भनेकी छन्, ‘सोमबार दिउँसोसम्म पनि देशको पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना देखिन्छ।

सोमबार रातिबाट क्रमिक रूपमा मौसम सुधार हुने सम्भावना छ।’

Page Views: 66
संबन्धित शिर्षकहरु
मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
विद्युतीय कारमा आगलागी चालकको मृत्यु
ताजा अपडेट
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama