Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट विजयी

- shuvadmin / आइतबार, पुष २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। ५८औँ साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा रानाभाट विजयी भएका हुन्।

आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार रानाभाटले १ हजार १४ मत ल्याए भने प्रतिस्पर्धी अनिल अग्रवालले ७ सय ६५ मत पाए।

शनिबार भएको मतदानमा २ हजार ४६ जना मतदाता रहेकामा १ हजार ८१६ मत खसेको थियो।

यसैगरी महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी, सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य विजयी भएका छन्।

उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाईं र वस्तुगततर्फ काव्यर्माण अधिकारी निर्वाचित भएका छन्।

राजु र काव्यर्माण अग्रवाल प्यानलका हुन् भने दीपक र उज्ज्वल रानाभाट समूहका हुन्।

सचिव पदमा कुलप्रसाद चौलागाईं दिवस पराजुलीलाई हराउँदै विजयी भए। वाणिज्यतर्फ सदस्य पदमा बालकृष्ण बजगाईं, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, र राजेन्द्र लामिछाने विजयी भए।

सदस्य पदमा कृष्ण गोपाल महर्जन, जगदीश दहाल र भूपेन्द्र प्रसाद अधिकारी विजयी भए। यस क्षेत्रका महिला सदस्य पदमा सीता देवी भेटवाल विजयी भइन्। उनले मेनुका श्रेष्ठलाई हराइन्।

यस्तो छ रानाभाटको यात्रा
प्रमोद सिंह रानाभाट मकवानपुरको व्यावसायिक समुदायमा लामो समयदेखि सक्रिय छन्। अटो इन्जिनियरिङ, यातायात र स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेका रानाभाटले आफ्नो तीन पुस्ताको व्यावसायिक परम्परालाई सफलतापूर्वक अघि बढाएका छन्।

मकवानपुर उद्योग वाणिज्य संघमा उनको संलग्नता २०६८ सालमा सदस्यका रूपमा सुरु भएको हो। त्यसयता उनले कोषाध्यक्ष, महासचिव र उपाध्यक्ष पदमा रहेर संघमा योगदान पुर्‍याएका छन्।

बैंकहरूको चर्को ब्याजदरविरुद्धको आन्दोलनमा उनको सक्रियता र नेतृत्व क्षमतालाई व्यवसायी वर्गले निकै सराहना गरेको छ। यही प्रतिबद्धता र दृढताले आफूलाई संघको अध्यक्ष पदमा पुर्‍याएको रानाभाटको दाबी छ।

निर्वाचन परिणामपछि रानाभाटले यो जीतलाई व्यवसायीहरूको जीतका रूपमा अर्थ्याएका छन्।

उनले भने, ‘हाम्रो यो जित मकवानपुरका सम्पूर्ण व्यवसायीको विश्वास र समर्थनको प्रमाण हो। हामी यो अवसरलाई संघको गरिमा बढाउन र व्यवसायीहरूको हितमा काम गर्न उपयोग गर्नेछौँ।’

Page Views: 65
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama