Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्सेमा दोहोरो अंकको गिरावटका साथ साताको सुरुवात, फाइनान्स समूह सर्वाधिक घट्यो

- shuvadmin / आइतबार, पुष २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २५.४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४४३.९९ विन्दुमा सीमित बनेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०१ वटा स्क्रिप्टको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सञ्चालक विरेन्द्र विष्ट भन्छन्, ‘लगानीकर्तामा बैंकको त्रैमासिक प्रतिवेदन नराम्रो आउने अफवाहले डेरा जमाउदा आज बजार घटेको हो ।

सरकारले अध्यादेशमार्फ राम्रा नीतिहरु ल्याएका कारण बजार २५८० विन्दुभन्दा तल जादैन ।’

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले आज लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएका कारण आज कारोबार धेरै हुन नसकेको तथा बजारले पनि गति नलिएको बताए ।

‘लगानीकर्ता दोस्रो त्रैमासिक प्रतिवेदनको प्रतिक्षामा छन् । लगानीकर्ता बैंकको ब्याजदर हेरेर लगानीकर्ता गर्ने मनसायमा समेत देखिन्छन्,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३।६० प्रतिशतले घट्यो ।

बैंकिङ समूह पनि आज ०.८६ प्रतिशत, विकास बैंक १.६०, होटल ०.७७,हाईड्रो १.४४,लगानी ०.३९,जीवन बीमा ०.१२, उत्पादन तथा प्रशोधन १.३६,लघुवित्त ०.८७,म्युचुअल फण्ड ०.४२,निर्जीवन बीमा ०.७३,अन्य ०.६० र व्यापार समूह १.१० प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ४१ लाख बढीको कारोबार भयो ।

सिन्धु विकास बैंकको आज १८ करोड ८० लाख,सिंगटी हाईड्रोको १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख र नेपाल लाइफको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ४.८७ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ४।३४ प्रतिशतले बढ्यो ।

न्यादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो ।

सुपर मादी हाईड्रोको सेयरमूल्य पनि आज ७.१० प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.८४ प्रतिशतले घट्यो ।

Page Views: 58
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama