Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा प्रहरी नियन्त्रणमाम रहेका रास्वापाका सभापति रवि लामिछानेको थुनछेक बहस आज

- shuvadmin / सोमबार, पुष २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।

काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई परिसरमा राखिएको हो।

सोमबार पुनः अदालतमा पेस गर्ने गरी लामिछानेलाई काठमाडौैं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाइदिएको थियो।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुखसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार आइतबार थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश दिएको थियो।

आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो।

लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।

तर, सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनी इजलासमा उठाएपछि न्यायाधीशले सो आदेश दिएका थिए ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा लामिछाने रिहा भएका हुन् ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा सो मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका हुन् ।

अधिवक्ता न्यौपानेका अनुसार परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश माधवप्रसाद अधिकारीसँग आग्रह गरिएको थियो ।

न्यायाधीश अधिकारीले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा लगाइदिएको हो। न्यौपानेका अनुसार आज सोमबार बिहान ११ बजेबाट थुनछेक बहस शुरू हुनेछ।

Page Views: 61
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama