Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जय ट्रफीको फाइनल आजदेखि, उपाधिका लागि आर्मी र पुलिस भिड्दै

- shuvadmin / मङ्गलबार, माघ ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि आज विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । 

यी दुई टिमबीचको फाइनल खेल वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय ढाँचामा हुनेछ ।

लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेका थिए । पुलिसले तीनमध्ये दुईमा जित र एक खेल बराबरी खेल्यो । आर्मीले तीनमध्ये दुईमा बराबरी र एक खेलमा जित निकालेको थियो ।  

लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेल्यो । यता आर्मीले बागमती र पुलिससँग बराबरी खेल्दा मधेशलाई हरायो ।  

२१ पुसदेखि सुरु भएको प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका शीर्ष चार टिमको सहभागिता थियो । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।  

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी  

लिग चरणको खेल समाप्त हुँदा बलिङतर्फ सर्वाधिक सफल खेलाडीको सूचीमा नम्बर वानमा छन्, देब्रेहाते स्पिनर साहब आलम । आर्मी क्लबबाट लिग खेलिरहेका उनले तीन म्याचमा २.८५ को इकोनमीमा २१ विकेट लिइसकेका छन् । 

साहले अझै एउटा म्याच खेल्न बाँकी छ । उनीसामु चार खेलमा ३० विकेट पूरा गर्ने मौका छ । जय ट्रफीमा साहबको उत्कृष्ट बलिङ ५९ रन दिएर ८ विकेट लिनु हो ।

उनी यस प्रतियोगितामा एकै इनिङमा ८ विकेट लिने एक्लो बलर हुन् । पहिलोपटक रेड बल क्रिकेट खेलिरहेका साहबले डेब्यू प्रतियोगितामै प्रभावित पारिरहेका छन् ।

यस्तै, सर्वाधिक विकेट लिने मामलामा पुलिस क्लबमा आबद्ध बायाँहाते स्पिनर ललितनारायण राजवंशी दोस्रो स्थानमा छन् ।

 उनले तीन म्याच खेल्दा २.७८ को इकोनमीमा १९ विकेट लिएका छन् । जय ट्रफीमा ललितको उत्कृष्ट बलिङ ४७ रन दिएर ७ विकेट लिनु हो । उनीसामु फाइनलमा साहबलाई पछि पार्ने मौका छ । 

त्यस्तै, यो सूचीको तेस्रो स्थानमा बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने रहेका छन् । उनले तीन म्याचमा ४.६० को इकोनमीमा १८ विकेट लिए । प्रतियोगितामा सन्दीपको उत्कृष्ट बलिङ ४१ रन दिएर ५ विकेट लिनु हो ।  

ब्याटिङतर्फ जय ट्रफीको लिग चरणमा मधेश प्रदेशका ओपनर मयन यादव सर्वाधिक सफल रहे ।

टिम जितविहीन बने पनि उनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो । १९ वर्षीय मयनले तीन खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा सर्वाधिक २ सय ६८ रन बनाए । 

उनी जय ट्रफीमा शतक हिर्काउने एक्लो ब्याटर हुन् । मयनले उक्त शतकीय पारी बागमती प्रदेशविरुद्ध खेलेका थिए । यस्तै, उनले विभागीय क्लब आर्मी र पुलिसविरुद्ध पनि राम्रो प्रदर्शन गरे । 

त्यस्तै, लिग चरणमा सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा पुलिसमा आबद्ध अमित श्रेष्ठ रहे । उनले ५ इनिङ्समा दुई अर्धशतकको सहयोगमा २ सय २४ रन बनाए ।  

लिग चरणको अन्तिम खेलमा बागमतीविरुद्ध दुवै इनिङमा अर्धशतकीय पारी खेलेका थिए ।  

Page Views: 55
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama