Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

थारु समुदायमा माघी पर्वको उत्सव (फोटो फिचर)

- shuvadmin / मङ्गलबार, माघ ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कपिलवस्तु, थारु समुदायले आफ्नो चाड तथा नयाँ वर्षको रूपमा माघी पर्व हर्षोल्लास सहित मनाएका छन् ।

कपिलवस्तु स्थित बुद्धभूमि नगरपालिका–४, बुड्ढीतालमा आयोजित नगरस्तरीय माघी (खिचडी) महोत्सवमा थारु समुदायको परम्परागत संस्कृति, भेषभूषा र नृत्य प्रस्तुत गरिएको थियो ।

महोत्सवमा थारु समुदायका युवतीहरू परम्परागत पोसाक र गरगहनामा सजिएका थिए ।

निधारमा मङ्गीया, घाटीमा सुतिया, कुहिना माथि तर्ना, छातीमा गुरिया, नथनीया, र सिक्काले सजिएका औँठीहरूले उनीहरूको पहिचान झल्काएको थियो ।

उनीहरूले लेहेँगा, चोलिया, अङ्गिया, र धोतीजस्ता मौलिक पोसाकसहित विभिन्न नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा झुमरा नाच, मयूर नाच, लठ्ठहवा नाच (लाठी नाच) , र मघौटा नाचजस्ता परम्परागत प्रस्तुतिले थारु समुदायको सांस्कृतिक धरोहरलाई जीवित देखाएको थियो ।

कपिलवस्तुको बुद्धभूमि, बाणगंगा, र शिवराज नगरपालिकामा हरेक वर्ष माघी पर्व विशेष महोत्सवसहित मनाउने परम्परा रहेको छ ।

सोमबारदेखि सञ्चालनमा रहेको बुद्धभूमि नगरस्तरीय माघी महोत्सवले थारु समुदायको पहिचान र एकता झल्काएको पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताए ।

Page Views: 61
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama