Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्सेमा सामान्य अंकको सुधार

- shuvadmin / बुधबार, माघ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको सुधार आएको छ ।

आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात १.८३ अंकले बढेर २ हजार ५९५.९६ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५४ प्रतिशतले घटेर ४३९.०१ विन्दूमा सीमित बनेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये २९९ वटा स्क्रिप्टको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो ।

आज हाईड्रो समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.७६ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.०८ प्रतिशत,होटल १।६३,जीवन बीमा ०.०८,उत्पादन तथा प्रशोधन ०.४८,अन्य ०.०४ र व्यापार समूह ०.०१ प्रतिशतले बढ्यो ।

यस्तै आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.४८ प्रतिशतले घट्यो ।

बैंकिङ समूह पनि आज ०.८१,लगानी ०.०७,लघुवित्त ०.५२,म्युचुअल फण्ड ०.१७ र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ४९ लाख बढीको कारोबार भयो ।

सुपर मादी हाईड्रोपावरको आज ३० करोड ८८ लाख,सिन्धु विकास बैंकको १९ करोड ८४ लाख र पिपुल्स हाईड्रोपावरको १८ करोड ४ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज दोल्ती पावर र सुपर मादी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै बाराही हाईड्रोको सेयरमूल्य ८.३० प्रतिशत,स्वेत गंगा हाईड्रोको सेयरमूल्य ८.१९ र खानीखोला हाईड्रोको सेयरमूल्य ७.९२ प्रतिशतले बढ्यो ।

यो दिन न्यादी हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो ।

पोखरा फाइनान्सको सेयरमूल्य पनि आज ९.०५ र जानकी फाइनान्सको ७.८३ प्रतिशतले घट्यो ।

Page Views: 71
संबन्धित शिर्षकहरु
मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु
नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६२ करोड
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama