Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

छ महिनामा चार मुख्य भन्सार कार्यालयको राजस्व सङ्कलन ७५ प्रतिशत

- shuvadmin / बिहिबार, माघ ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चालू आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयले ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् ।

सरकारले चालू आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजस्व सङ्कलन गरेका हुन् ।

चार भन्सार कार्यालयले लक्ष्यअनुसार नै राजस्व सङ्कलन गरेको बताएका छन् । समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व सङ्कलन गरेको छ ।

जसमा भारततर्फका वीरगञ्ज, विराटनगर, मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व सङ्कलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात् १३ प्रतिशत वृद्धि गरेको छ ।

सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म चार खर्ब ९६ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरुले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजस्व सङ्कलन गरेको दाबी गरेका छन् ।

केही दिनअघि प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा सहभागि चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन् ।

भन्सार प्रमुखहरुले गत वर्षको तुलनामा भन्सारमा राजस्व वृद्धि भएको बताए ।

वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरे ।

उनले चालू आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजस्व सङ्कलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गरे ।

उनले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गरे ।

प्रमुख लामिछानेले भने, ‘‘चालू आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

पुस महिनामा ९० प्रतिशत पुग्छौं । चालु आवको ६ महिनामा ७५ प्रतिशतमा छौं । भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास हुन्छ । यात्री शाखा व्यवस्थापन पुरानो भन्सार कार्यालयबाट भइरहेको छ ।’’

उनले बिदाको दिन करिव पाँच हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको जानकारी दिए ।

उनले भन्सार कार्यालयले यात्री शाखाला व्यवस्थित र पारदर्शी बनाएको बताए । उनले स्थानीयहरुको मागअनुसार बिहान ५ देखि राति ११ बजेसम्म सञ्चालन गरेको बताए ।

उनले औद्योगिक कच्चा पदार्थ, सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरु पास गरेको बताए ।

उनले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजस्व सङ्कलनमा वृद्धि भएको दाबी गरे ।

प्रमुख लामिछानेले भने, ‘‘औद्योगिक कच्चा पदार्थ, सवारी साधन, कच्चा तेल खाद्यन्नलगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेर्ड जोनबाट सामानहरु पास गछौं ।

बाँकी एलो र ग्रिनबाट जान्छ । व्यापार सहजिकरण, व्यवसायीहरुको समय व्यवस्थापन र जोखिम व्यवस्थापन गर्ने गरी छिटो छरितो र व्यवस्थित गरेका छौं ।’’

यसैगरी, विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजस्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताए ।

उनले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मङ्सिरसम्म ७५ प्रतिशत राजस्व सङ्कलन भएको बताए ।

उनले पुससम्म शतप्रतिशतको अवस्था रहेको जानकारी दिए । उनले आगामी दिनमा भन्सारमा राजस्व सङ्कलन सुधार हुने सङ्केत देखिएको बताए ।

उनले यस वर्ष राजस्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताए । उनले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

विराटनगर भन्सार प्रमुख ढकालले भन्नुभयो, ‘‘विराटनगर भन्सार कार्यालय सविधाको हिसावले सुविधा सम्पन्न कार्यालयभित्र पर्छ ।

आइसीपी पनि व्यवस्थित छ भने रेल सेवा समेत उपलब्ध छ । कार्गो रेल उद्घाटन भए पनि निरन्तर रुपमा सञ्चालन गर्न सकिएको छैन् ।

वैदेशिक व्यापारको सन्दर्भमा हेर्दा गत वर्षको तुलनामा २ प्रतिशत कमजोर छौं । निर्यातमा ६ प्रतिशतले माथि छौं । जुन तेलको निकासी बढेको छ ।’’

त्यस्तै, मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालू आर्थिक वर्षको ६ महिनामा मङ्सिरसम्म ९० प्रतिशतको राजस्व सङ्कलन गरेको बताए ।

उनले मेची भन्सारमा २०८०र०८१ मा १४ अर्ब २३ करोडको राजस्व सङ्कलन गरेको जानकारी दिए ।

उनले चालू आर्थिक वर्षमा १७ अर्ब ३४ करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा मङ्सिरसम्म ९० प्रतिशतको राजस्व सङ्कलन गरेको बताए ।

उनले मङ्सिरमा मात्रै मेची भन्सार कार्यालयको राजस्व सङ्कलन १०६ प्रतिशत भएको बताए ।

चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजस्व सङ्कलन हुने अपेक्षा गरेको बताए ।

उनले अघिल्लो वर्ष १३ अर्ब सङ्कलन भएकोमा चालू आर्थिक वर्षको मङ्सिरसम्म ८६ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए ।

उनले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि गरेको पनि बताए ।

उनले कोभिड र भूकम्पका कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजस्व सङ्कलन कम भएपनि अहिले विस्तारै वृद्धि हुँदा राजस्व सङ्कलनमा वृद्धि भएको दाबी गरे ।

उनले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताए ।

भन्सार अधिकृत भट्टराईले भारतभन्दा चीनतर्फको भन्सारमा यात्रु व्यवस्थापन सजिलो रहेको बताए । उनले भिषा नलिई चीन जानरआउन नपाउने हुँदा समस्या नरहेको जानकारी दिए ।

चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । तर, चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन् ।

सरकारको लक्ष्य पूरा हुनका लागि अबको ६ महिनामा आठ खर्बको राजस्व सङ्कलन गर्नुपर्ने आवश्यकता छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama