Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

- shuvadmin / बिहिबार, माघ ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ ।

महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।

महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् ।

दुई दिनपछि कामदार थप गरी दुई सय १० पुर्‍याइने जनाउँदै उहाँले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताए ।

प्याराफिटको ढलानका लागि डण्डी बाँध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिए ।

उनले भने, “हामीले १५ प्रतिशत हाराहारी काम गरेका छौँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ ।

हालसम्म निर्माण कम्पनीलाई रु। छ करोड ६० लाख अग्रिम भुक्तानी गरिएको छ ।”

महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले रु। १० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

सङ्घीय सरकारले चालू आर्थिक यस वर्ष विनियोजन गरेको रु। २५ करोड भने आइनसकेको उनले बताएका छन् ।

सहरी विकास मन्त्रालयबाट फाइल अर्थ मन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उनले विश्वास व्यक्त गरे ।

महानगरप्रमुख दाहालले भनिन “दुई महिना अघि अर्थ मन्त्रालयमा फाइल पुगेको छ । अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ ।

केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु ।” प्रदेश र सङ्घीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उनले बताइन् ।

आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो ।

रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुई वटा भिआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिए ।

गत असार २३ गते रु। ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दावी छ । रङ्गशाला बनेसँगै अन्तर्राष्ट्रिय स्तरका खेल यहाँ खेल्न सकिनेछ ।

महानगरप्रमुख दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रङ्गशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताइन् ।

रासस

Page Views: 88
संबन्धित शिर्षकहरु
मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
ताजा अपडेट
  • मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
  • महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
  • कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama