Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विपक्षी दलहरूको संयुक्त बैठक फेरि बस्दै, सरकारको समीक्षा गरिने

- shuvadmin / शुक्रबार, माघ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज (शुक्रबार) फेरि बस्ने भएको छ ।

यसअघि बुधबार छलफलमा जुटेका विपक्षी दलहरूले आज पनि त्यसैलाई निरन्तरता दिन लागेका हुन् ।

बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय संसद् भवन नयाँ बानेश्वरमा बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा संसदको विशेष आह्वानको मागसँगै सरकारको हालसम्मको अवधिको समीक्षा गरिने समेत बताइएको छ ।

बैठकपछि दिउँसो ३ बजे ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन हुनेछ । बुधबार बसेको प्रतिपक्ष दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

संसद्को हिउँदे अधिवेशन बोलाउनुको साटो सरकारले अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानून ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगै विपक्षी दलहरू आक्रोश व्यक्त गरिरहेका छन् ।

संसद् छलेर सरकारले बदनियतपूर्ण तवरले अध्यादेश ल्याइरहेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार सुशासनबाट तर्सिरहेकाले कानुनका छिद्र खोजेर अध्यादेश ल्याउन लागिपरेको उनले आरोप लगाए ।

यसअघि बुधबारको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमन पुनले पनि दुई ठूला पार्टीले संसद्लाई हेपेर स्वेच्छाचारी लाद्न खोजेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले हालै सिफारिस गरेका पाँचवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् ।

यसअघि पनि सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो ।

Page Views: 89
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama