Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रासायनिक मलको उच्च प्रयोग गर्ने किसान जैविक विषादीको प्रयोगमा फर्किए

- shuvadmin / आइतबार, माघ ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुर्खेत, रासायनिक मलको उच्च प्रयोग गर्ने यहाँका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।

तरकारीमा किरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान अहिले स्वास्थ्य, वातावरण र माटो सुरक्षामा सचेत बनेका हुन् ।

तरकारी तथा अन्नबालीमा किरा लागे रासायनिक विषादी प्रयोग गर्ने भेरीगङ्गा नगरपालिका–११, साँदीखोलाका टेकबहादुर घर्ती आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताए ।

उनका १० रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । २०७९ सालदेखि तरकारीमा जैविक विषादीको प्रयोग गर्ने गरेको जानकारी दिए ।

उत्पादनमा वृद्धि हुने र गाउँघरमै पाइने जैविक विषादी प्रयोग गर्दा निकै सहज भएको उनको बुझाइ छ ।

भेरीगङ्गा–११ कै गङ्गा खत्री पनि केही समययता आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्नुहुन्छ । “विषादी प्रयोगमा सावधानी नअपनाउँदा यसले मानिस र पशुलाई समेत हानी पुर्‍याउने थाहा पाएपछि घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ,” उनले भने ।

जैविक विषादी खर्चका हिसाबले पनि कम, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको किसान चित्रबहादुर जिसीको भनाइ छ ।

मोहनी पासो र फेरोमन ट्र्यापलगायतका प्रविधि किरा नियन्त्रणमा प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।

साँदीखोलाकै किसान परे रानाले पनि २०७२ सालदेखि तरकारी खेती गरिरहेका छन् । उनले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, किरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्ने गरेका थिए ।

अहिले उनले जैविक विषादीबाहेक आफ्नो बारीमा अरू विषादी प्रयोग गर्दैनन् ।

भेरीगङ्गा नगरपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ ।

जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने कृषि शाखा प्रमुख सुरज बिसीले बताए ।

रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उनले बताए ।

जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्व मिसाएर बनाउने गरिएको उनले बताए ।

यहाँका किसानलाई वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) ले जैविक विषादीसम्बन्धी तालिम र उपकरण प्रदान गर्दै आएको । जैविक विषादीको प्रयोगले माटो सप्रेको र उत्पादनमा समेत वृद्धि किसानको अनुभव छ ।

अर्गानिक उत्पादनलाई सामुदायिक केन्द्र

कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादन बढाउन सामुदायिक सिकाइ केन्द्र निर्माण गर्ने भएको छ ।

१० वटै जिल्लामा सिकाइ केन्द्र स्थापना गरेर प्रदेशले जैविक विषादीको उत्पादनमा जोड दिने लक्ष्य लिएको हो ।

प्राङ्गारिक मल उत्पादन गरेर तरकारी खेती विस्तार गर्ने उद्देश्यले सिकाइ केन्द्र स्थापना गर्न लागिएको मन्त्रालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काले बताए ।

विषादीरहित उत्पादनमा जोड दिने गरी सिकाइ केन्द्रमा सहजीकरण गरिने छ । यस वर्ष सिकाइ केन्द्र स्थापनाका लागि ५० लाख बजेट विनियोजन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न र सरल तथा किफायती प्रविधिबाट अनुसन्धान गर्ने उद्देश्यले सिकाइ केन्द्र स्थापना गरिएको सिप्रेडका ग्रेप परियोजना संयोजक शङ्कर न्यौपानेले बताए ।

यसमा जलवायु उत्थानशील कृषि अभ्यास एकै ठाउँमा अभ्यास गरी प्रदर्शन गरिने उनले जानकारी दिए ।

सबै सामुदायिक केन्द्रमा झोल मलको उत्पादन तथा प्रयोग, गँड्यौले मलको उत्पादन तथा प्रयोग, भर्मीवासको उत्पादन तथा प्रयोगलगायत विधिको प्रयोग गरी प्रदर्शन हुने गरेको छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama