Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनु पर्छ : महामन्त्री थापा

- shuvadmin / सोमबार, माघ ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण स्थानमा दिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भनेर्, खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ,’ उनले भने, ‘कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मूल आधार बन्छ कि बन्दैन भन्नेकुरा यो कानूनले टुंग्याउँछ ।’

सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताएका छन् ।

कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले जानकारी दिए ।

महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए ।

‘अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानून बनाए पनि यसको मूल कानून अहिलेसम्म नबनाउँदा नेपाली कृषि क्षेत्रको दिशा कुन हुने भन्ने स्पष्ट थिएन,’ उनले भने, ‘कृषिले जुन गति र लय समात्नुपर्ने थियो, त्यहाँ हाम्रा केही ग्यापहरू छन् ।’

ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले आयोजना गरेको तेस्रो ‘राष्ट्रिय जैविक विविधता सप्ताह–२०८१’ को समापनका अवसरमा उनले सरकारले ल्याउन लागेको कृषि ऐनमा कृषिको जैविक विविधताको विषय समेटिने विश्वास व्यक्त गरे।

कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक एउटा महत्त्वपूर्ण दस्तावेज बन्ने महामन्त्री थापाले दाबी गरे ।

यसपटक सरकारले ल्याउने कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको कृषिको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको स्वीकारे ।

महामन्त्री थापाले विदेशी पर्यटकलाई नेपालको रैथाने खानाको परिकारको स्वाद चखाउन सके नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

उनले सबै जातजाति र समुदायको खाना, रहनसहन, पाककला र संस्कृति जोडेर पर्यटन प्रवद्र्धन गरिनुपर्ने बताए।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले परम्परागत खानाको संरक्षण तथा प्रवद्र्धनमा नयाँ पुस्ताले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो।

उनले नेपाली खानालाई विश्व बजारमा प्रवद्र्धनका लागि विभिन्न मुलुकमा खाना प्रदर्शनी आयोजना गरिएको र यसले नेपाली खानाको प्रवद्र्धनमा मद्दत पुगेको उल्लेख गरे।

ग्यास्टोनोमी टुरिजम एसोसिएसनका सल्लाहकार श्रीराम अधिकारीले स्वस्थ्य जीवन र पर्यावरणका लागि रैथाने परिकारको उपयोगलाई व्यापक बढाइनुपर्ने बताए।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अधिवक्ता बलराम रिजालले कृषि जैविक विविधताको महत्व कृषि, स्वास्थ्य, पर्यटनलगायतसँग जोडिएकाले यसको प्रवद्र्धनका लागि सबै सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याए।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बाँनियाले रैथाने बीउ र बालीको उत्पादन तथा प्रवद्र्धनका साथै जैविक विविधता संरक्षणमा युवापुस्ताले सक्रियता जनाउनुपर्ने बताए।

सेफ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष श्याम लामाले रैथाने खाद्यान्नको माध्यमबाट खाना पर्यटन प्रवद्र्धन गरिनुपर्ने धारणा राखे।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ सल्लाहकार डा आलोक प्रसाईले कृषि जैविक विविधताको संरक्षण प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको साझेदारीता फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए।

ग्यास्टोनोमी टुरिजम एसोसिएसनका अध्यक्ष रमेश भण्डारीले नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि जैविक विविधता संरक्षण दिवस मनाइँदै आइएको बताए।

संस्थाले हिमाल, पहाड र तराईका रैथाने खानाको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको उनको भनाइ छ।

कार्यक्रममा रैथाने खानेकुराको संर्बधन र प्रचारमा सक्रिय रहेका वरिष्ठ सेफ घनश्याम कडेललाई सम्मान गरिएको गियो ।

कार्यक्रम स्थलमा बिभिन्न किसिमका अर्गानिक खानाका परिकार र इलाममा उत्पादन भएका चिया, घीउ, छुर्पी र अन्य परिकारका स्टल राखिएका थिए ।

Page Views: 95
संबन्धित शिर्षकहरु
मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
विद्युतीय कारमा आगलागी चालकको मृत्यु
ताजा अपडेट
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama