Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह

- shuvadmin / मङ्गलबार, माघ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गरेका छन् ।

मङ्गलबार शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायभित्र रहेका आदिकविहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले आयोगले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए ।

राष्ट्रपति पौडेलले चार सय रोपनी जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको जानकारी दिए ।

त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने राष्ट्रपति पौडेलको भनाइ छ ।

‘‘भानुक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान चार सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदैछु ।

त्यहाँ मूर्तिवाटिका हुन्छ ।,’’ राष्ट्रपति पौडेलले भने, ‘‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरू त्यहाँ रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविको मूर्ति रहन्छ ।

त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चहियो ।’’

राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्द्धन एवम् विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।

Page Views: 59
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama