Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, पत्रकारदेखि भेटेरानसम्म दौडमा

- shuvadmin / शनिबार, माघ १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल वीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।

तात्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचारमा मुछिएसँगै स्वतः पदमुक्त भएपछि नयाँ अध्यक्ष छनौटका लागि सार्वजनिक आह्वान गरिएको थियो ।

सार्वजनिक रुपमा दरखास्त आह्वान गरिएकोमा तोकिएको समयसीमाभित्र अध्यक्षका लागि १२ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ ।

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाई, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

आवेदकमध्ये रेग्मी प्राधिकरणकै कार्यकारी निर्देशक हुन् । यस्तै, चापागाई बीमा समितिका पूर्व अध्यक्ष हुन् भने पूडासैनी कृषि विकास बैंकका पूर्व अध्यक्ष हुन् ।

नेपाल बायुसेवा निगमका पूर्व महाप्रबन्धक बनिसकेका डिमप्रकाश पौडेल, नागरिक लगानीकोषका पूर्व कार्यकारी निर्देशक रमण नेपाल, स्वास्थ्य वीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलासँगै एक बीमा कम्पनीकै उच्च तहका अधिकारी बिक्रान्त पाण्डे पनि प्रतिस्पर्धामा देखिएका छन् ।

ओझा पत्रकार हुन् भने अन्य नाम समेत विभिन्न क्षेत्रमा क्रियाशील तथा बीमालाई बुझेका व्यक्ति हुन् ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर इच्छुक योग्यहरुबाट दरखास्त आह्वान गरेको थियो ।

प्राधिकरणको अध्यक्ष पदको निम्ति बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ ।

सम्बन्धित क्षेत्रमा कम्तीमा पाँचवर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्ने व्यवस्था रहेको छ ।

यसैगरी, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूर नलागेकोलगायतका योग्यता पनि तोकिएको छ ।

यिनै योग्यता पूरा भएकामध्येबाट ३ जनाको सर्टलिस्ट तयार गरी छनौट तथा सिफारिस समितिले सरकारलाई पठाउनेछ । र, त्यसरी पठाइएका तीन नाममध्येबाट एकजनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिनेछ ।

Page Views: 47
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama