Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बन्दकर्ताद्वारा रुख ढालेर सडकमा अवरोध, सुत्केरी व्यथा लागेकी महिलाको बिचल्ली

- shuvadmin / मङ्गलबार, माघ २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको समूहले पाँचथरमा रुख ढालेर सडक अवरुद्ध गर्दा सुत्केरी व्यथा लागेर एम्बुलेन्समा अस्पताल गइरहेकी एक महिला बिचल्लीमा परेकी छिन् ।

सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहपुरदेखि सदरमुकाम फिदिम लाँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको बिचल्ली भएको हो ।

चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सोमबार मध्यराति २ बजे सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको एम्बुलेन्स चालक नुपु शेर्पाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

उनले राखेको भिडिओमा सुत्केरी व्यथा लागेकी महिला चिच्याइरहेको सुन्न सकिन्छ ।

यतिबेला पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा रुख ढालेर सडक अवरोध गरेको छ ।

ती महिलाको अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुति गराउन नसकिएको सथानीय स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै पाँचथर प्रहरीले जनाएको छ ।

आज (मङ्गलबार) बिहान प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ । बाटो खुलेपछि बिरामीलाई पुनः फिदिम ल्याउने तयारी भइरहेको बताइएको छ ।

माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको ‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको ।

उक्त समूहले सोमबार राति सरकारसँग वार्ता गरेको थियो । सो वार्ता निष्कर्षमा पुग्न नसकेपछि मङ्गलबार पुनः वार्ता हुँदैछ ।

वार्ता जारी रहँदा पनि आन्दोलनरत पक्षले बन्द जारी राखेका छन् ।

Page Views: 32
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama