Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

३ दिनसम्म स्थिर रहेको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि, चाँदी पनि महँगियो

- shuvadmin / मङ्गलबार, माघ २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज उल्लेख्य मात्रामा बढेको छ।

आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि आज बढेको छ।

प्रतितोला १९ सय रुपैयाँ बढेर आज सुनको मूल्य एक लाख ६४ हजार सातसय रुपैयाँ पुगेको छ।

गएको शुक्रबार तोलामा दुई हजार तीनसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६२ हजार आठसय रुपैयाँ पुगेको थियो। सुन सोही मूल्यमा आइतबार र सोमबार स्थिर थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको मूल्य प्रतितोला एकहजार आठसय ८५ रुपैयाँ थियो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

Page Views: 36
संबन्धित शिर्षकहरु
पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
सुनचाँदीको मूल्य घट्याे
ट्राफिकले एकैदिन उठायाे २० लाख बढि राजस्व
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama