Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सहारा चितवन सहकारी ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता

- shuvadmin / मङ्गलबार, माघ २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका सहकारी ठगीका अभियुक्त एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ।

सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

प्रहरीले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइसकेको थियो।

प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनमा रहेर जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अभियोगपत्र तयार पारेको थियो।

अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ।

बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए।

Page Views: 79
संबन्धित शिर्षकहरु
मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
ताजा अपडेट
  • मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
  • महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
  • कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama