Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवा-ओली ट्युनिङ थप सशक्त: राजनीतिमा प्रतिस्पर्धा, सरकारमा सहकार्य

- shuvadmin / बुधबार, माघ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्ता गठबन्धनका दुई सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको ट्युनिङलाई अझ बलियो बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा थप क्रियाशील भएर लागेका छन् ।

सरकार गठनमा सहकार्य गरेका संसद्का ठूला दुई दलका शीर्ष नेताहरूले पछिल्लो समय सरकार सम्बद्ध दलहरूबीचको गठबन्धनलाई बलियो बनाउने र सरकारको काम प्रभावकारी बनाउने विषयको एकतामा बल थप्न लागेका हुन्।

नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धी दलहरूबीचको सत्ता सहकार्यलाई लिएर फरकफरक कोणबाट सकारात्मक र नकारात्मक टिप्पणी भइरहेको छ।

यसैबीच दुवै दलका नेताहरूले सत्ता सहकार्यसँगै राजनीतिक प्रतिस्पर्धालाई सहजरूपमा लिएर जाने बताएका छन् । आगामी निर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने प्रायः सबैजसो दलले निर्णय नै गरिसकेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, जसपासहितका सबैजसो दलले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी सहकार्य नगर्ने नीति बैठकबाटै पारित गरेका छन्।

वर्तमान सत्ता गठबन्धनलाई आम निर्वाचन २०८४ सम्म लैजान दुवै दलका शीर्ष नेताबीच धोकाधडीको कल्पना नगर्ने प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् ।

योसँगै नेपाली कांग्रेस नेतृत्वको सरकारले आगामी निर्वाचनमा स्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्ने विषयमा समेत प्रतिबद्ध रहेको नेताहरूले जिकिर गरेका छन्।

गत असार १७ को मध्यरातमा एकाएक बनेको कांग्रेस–एमाले सत्ता सहकार्यको मोडललाई कार्यान्वयन गर्ने विषयमा दुवै नेताहरू सहमत छन् ।

प्रधानमन्त्री ओलीले सत्ता घटक नेपाली कांग्रेसले आफूलाई पूरा सहयोग गरिरहेकाले आफूले पनि कांग्रेसलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन’, प्रधानमन्त्री ओलीले भने – ‘कांग्रेस–एमालेले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् ।

यसमा ढुक्क भए हुन्छ । हामी राजनीतिमा प्रतिस्पर्धी दलहरू हौं तर, देश र जनताका पक्षमा काम गर्न बनेको सरकारमा सहकार्य अन्तिमसम्म रहन्छ ।

अहिले कांग्रेसले पूर्ण सहयोग गरेको छ । अर्कोपटक म पनि कांग्रेसलाई यसै गरी सहयोग गर्छु ।’

सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने उनको भनाइ छ।

राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनको विषयमा एक मत देखिएका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाबीच निर्णय कार्यान्वयनमा पुरापुर विश्वास दिलाउने काम भइरहेको छ।

नेपाली कांग्रेसका सभापति देउवाले राजनीतिमा मुख्य प्रतिस्पर्धी भएपनि सरकारमा राम्रो सहकार्य गरेर देश र जनताका पक्षका काम गर्न यो सरकार बनेको बताएका थिए ।

मंगलवार पोखरास्थित पार्टीका जिल्ला सभापति, उपसभापतिहरूको प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताए ।

‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ’, उनले भने– ‘कहिले कसको कहिले कसको सरकार हुँदा कुनैले काम गर्न सक्दैन्।

यो सरकारको स्थायित्व स्पष्ट छ। पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ । ओलीसँग हामी सँगै जेल पनि बसेका हौँ । उहाँ लामो समय जेल बस्नुभएको हो।’

मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउनसक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने देउवाको जोड छ ।

उनले भने – ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति, केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यकता छ।

स्थिरता भयो भने नेपालको विकास अझै हुन सक्छ। अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन्।’

गत असार १७ मा भएको सातबुँदे सहमतिमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो।

उक्त सहमति कार्यान्वयनमा शीर्ष नेताले पार्टी केन्द्रीय समिति र सांसदहरूलाई निर्देशन दिइसकेका छन्।

Page Views: 69
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama