Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कार्यविभाजनमा असन्तुष्टलाई एकीकृत समाजवादीको निर्देशन – सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्नू

- shuvadmin / बिहिबार, माघ २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा अन्तरपार्टी निर्देशन (अपानि) जारी भएको केही समय नबित्दै नेता र कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्ने आदेश पनि जारी भएको छ ।

एकीकृत समाजवादीले पार्टीको केन्द्रीय अनुशासन आयोगमार्फत पार्टी केन्द्रको निर्णय विपरित हुने गरी नेता र कार्यकर्तालाई सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक नगर्न निर्देशन जारी गरेको हो ।

पार्टीले ३३ वटा केन्द्रीय विभागसहित महत्वपूर्ण जिम्मेवारीको कार्यविभाजनसहित अपानि जारी गरेपछि असन्तुष्ट नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्न थालेपछि एकीकृत समाजवादीले यस्तो निर्देशन जारी गरेको हो ।

आयोगका अध्यक्ष शिवबहादुर देउजाले आइतबार जारी गरेको विज्ञप्तिमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरू पार्टी अनुशासनविपरित कतिपयले सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना गरेको पाइएको उल्लेख छ । साथै, यस्ता क्रियाकलापमाथि आयोगले निगरानी राखिरहेको पनि जनाएको छ ।

विज्ञप्तिमा दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवाद लगायत अनेकौं विकृति र विसङ्गतिहरूसँग जुध्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ गतिशील र प्रभावकारी बनाउने दायित्वका साथ एकीकृत समाजवादी समाजवादी अघि बढेको र दशौं महाधिवेशन सम्पन्न भई केन्द्रीय तहको जिम्मेवारी पाएका सबैको कार्यविभाजन भइसकेको भनेर स्मरण गराइएको छ ।

पार्टीभित्र उक्त कार्यविभाजनका कारण उत्पन्न विवादबारे मौन रहेको विज्ञप्तिमा जिम्मेवारी पाएकाहरू काममा क्रियाशील भइसको भनिएको छ ।

तर “पार्टीका एकाध नेता कार्यकर्ताहरुले अनुशासनको महत्वपूर्ण पक्षलाई बिर्सने, पार्टी विधानले दिएको अन्तरपार्टी जनवादको अवसरलाई पद्धतिसङ्गत ढङ्गले उपयोग नगर्ने, पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा नराखी बाहिर सामाजिक सञ्जाल वा मिडियाहरुमा जथाभावी छरेर भ्रम सिर्जना हुने अवस्थामा पुयाउने काम छिटफुट रुपमा भइरहेको पाइएको” विज्ञप्तिमा उल्लेख छ ।

“पार्टीलाई अनुशासित, मर्यादित र विधि पद्धति अनुरुप सञ्चालन गर्ने, गराउने आधिकारिक निकायको रुपमा रहेको यस केन्द्रीय अनुशासन आयोगको त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ र त्यस्ता गतिविधिहरुलाई यस आयोगले नोटिसमा राखि निगरानी पनि गरिरहेको जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको तलदेखि माथि जुनसुकै तह र निकायको जिम्मेवारीमा रहेको भएपनि र त्यसलाई तत्काल त्यागिहाल्न अनुरोध र सचेत गराइएको एकीकृत समावाजवादीको विज्ञप्तिमा उल्लेख छ ।

“अन्यथा पार्टीको विधान अनुरुप अनुशासनको कार्यबाहीको प्रक्रिया अघि बढाइने कुरा समेत जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

एकीकृत समाजवादीमा कार्यविभाजनसँगै अपानि ४ बाट युवा सङ्घ अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियुका अध्यक्ष आरती लामालाई पदमुक्त गरेपछि पार्टीमा असन्तुष्टि बढेको छ ।

संस्थापनइतर समूहका भएकै कारण आफूहरू हटाइएको बुझाइ विश्वकर्मा र लामाको छ । अन्य जनसङ्गठनलाई भेला वा अधिवेशन गरेर नेतृत्व हस्तान्तरणको मौका दिइएको तर, आफूहरूलाई सिधै पदमुक्त गरिएको भन्दै उनीहरू असन्तुष्ट छन् ।

उनीहरूलाई पदमुक्त गरिएपछि पार्टीभित्र असन्तुष्टि बढ्दो छ । साथै, महासचिव घनश्याम भुसाललाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी नदिइ अध्यक्ष माधव नेपालले आफू निकट नेतालाई उक्त जिम्मेवारी दिएको भनेर समेत एकीकृत समाजवादीमा विवाद चुलिँदै गएको छ।

Page Views: 49
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama