Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कालीकोटको सुनथराली विमानस्थलमा दुई वर्षमा पनि फर्किएन विमान

- shuvadmin / शुक्रबार, माघ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कालीकोट, झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ ।

२०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन् ।

तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उद्घाटनका लागि लिएर आएको जहाज उनीहरूलाई नै लिएर फर्कियो ।

तर, त्यसपछि सुनथराली कहिल्यै आएन । उद्घाटन भएको विमानस्थलमा हप्तामा दुई दिन उडान गर्ने भनिएको थियो । तर, उद्घाटनसँगै त्यो योजना रोकियो ।

विमानस्थल निर्माण हुन पूरै ३७ वर्ष लागेको थियो । निर्माणपछि पनि औपचारिक उद्घाटन गर्न एक वर्ष कुर्न परेको थियो ।

अब औपचारिक उद्घाटन भएको एक वर्षसम्म हवाईजहाज आउने कुनै सुरसार छैन् । विमानस्थल उद्घाटनका लागि पनि सात पटक मिति तय भएको थियो ।

२०७९ चैत १५, २०८० वैशाख १ र १५, जेठ १५, असार १५, साउन १० र भदौ १३ गरी सात पटक मिति सर्दा पनि उद्घाटन हुन सकेन् ।

आठौँ पटक २०८० फागुन १४ गते औपचारिक उद्घाटन त भयो त्यसको कुनै लाभ स्थानीयलाई भएन् ।

नरहरिनाथ गाउँपालिका–१ स्थित कोटवाडामा रहेको विमानस्थल सञ्चालनका लागि गाउँपालिकाले गरेका सबै प्रयास असफल भएका छन् ।

गाउँपालिकाका अध्यक्ष नगिन्द्रबहादुर विष्टले विमानमा यात्रु नभएमा विमान कम्पनीलाई अनुदान दिनेलगायत धेरै प्रयास गरे पनि कुनै पनि विमान कम्पनीले उडान गर्न नचाहेको बताए ।

भाडादर निकै चर्को लिने विमान कम्पनीको योजना भएकाले पनि यहाँ विमान सुचारु गराउन नसकिएको अध्यक्ष विष्टको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीबाट उडान भर्नेसम्मको सहमति विमान कम्पनीले गरेका थिए तर कार्यन्वयन गर्न भने नसकेको अध्यक्षको भनाइ छ ।

पुनः गाउँपालिकाकै पहलमा गत महिनादेखि हप्तामा दुई दिन उडान गर्ने भनियो । त्यो मितिमा पनि हवाईजहाज नआएपछि यहाँका नागरिक विमान चढ्ने सपना पूरा नहुने पक्कापक्की छ ।

विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर कालोपत्रे छ । दुवैतर्फबाट जहाज अवतरण गर्न सकिने बनाइएको छ ।

१४ करोड ९० लाख रुपियाँको लागतमा विमानस्थल कालोपत्रेसमेत गरिएको छ । हालसम्म निर्माणको लागत एक अर्ब रुपियाँभन्दा माथि पुगेको अनुमान गरिएको छ ।

यति धेरै खर्च गरेर निर्माण सम्पन्न भएको विमानस्थल प्रयोगमा नआउँदा राज्यको लगानी त्यसै खेर गइरहेको छ ।

Page Views: 85
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama