Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले एक खेल पनि जित्न सकेन, उपाधि थाइल्याण्डलाई

- shuvadmin / शुक्रबार, माघ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।

सम्पूर्ण ६ खेलमा पराजित भएको नेपाल सिरिजमा अङ्कविहीन रह्यो । अन्तिम खेलमा पनि जीत हासिल गर्दै थाइल्याण्डले भने सिरिजको उपाधि जितेको छ ।

६ मध्ये ५ खेलमा जीत हासिल गरेको थाइल्याण्ड १० अङ्कसहित शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भयो । ६ खेलमा ८ अङ्क जोडेको नेदरल्याण्ड्स भने सिरिजको उपविजेता बन्यो ।

आजको खेलमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डका लागि नरुएमोल चाईवाईले अविजित २७ रन बनाइन् । नन्नापत कोनचारोएनकाईले २३ र नत्ताया बूचाथामले ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले दुई विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले १७ रन बनाइन् । राजमती ऐरी ११ रनमा अविजित रहिन् । कविता जोशीले १४ र कप्तान बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिच्चा चोम्फुले ३ विकेट लिइन् ।

Page Views: 63
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama