Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘फोनकाण्ड’ले वर्षमानसँग डराए शंकर पोखरेल, भने- तपाईँसँग होइन, सिधै पुष्पकमलसँग डिल हुन्छ!

- shuvadmin / आइतबार, माघ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्षमान पुनलाई फोन गरेको विषयमा प्रष्टीकरण दिएका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पुनको अभिव्यक्तिलाई ‘अतिरञ्जना’को संकेत समेत दिएका छन्।

पुनले शनिबार मात्रै अध्यादेशमा सहयोग जुटाउन एमालेका महासचिव शंकर पोखरेलले आफूलाई फोन गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

आफूले सामान्य अनौपचारिक रूपमा फोन गरेको कुराकानीलाई‍ माओवादी उपमहासचिव पुनले सहयोग मागेको भन्दै प्रचार गरेकोमा असन्तुष्टि व्यक्त गर्दै पोखरेलले खण्डन गरेका हुन्।

त्यसरी सहयोग माग्नपर्ने भए एमालेले सिधै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नै माग्ने तर वर्षमानसँग सहयोग नमागिने उनको भनाइ छ।

‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसंग होइन, सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फ़त नै हुने थियो,’ पोखरेलले लेखेको स्टाटसमा उल्लेख छ।

नेताहरुबीचमा शिष्टाचारका रूपमा हुने कुराकानीलाई पनि वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गरेको भन्दै पोखरेलको चित्त दुखाइ छ।

उनले अबदेखि वर्षमानसँग सचेत रहनुपर्ने दिखिएको पनि उल्लेख गरेका छन्। ‘अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो,’ पोखरेलले भनेका छन्।

आफूले बरु बलियो कम्युनिस्ट पार्टी बनाउने वातावरण बनाउनका लागि कुराकानी गरेको पोखरेलको जिकिर छ।

यस्तो छ पोखरेको स्टाटस

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ ।

अव त उहाँसंग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसंग अनौपचारिक रुपमा कुरा गर्दछ ।

अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिदैन ।

उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुनेकुरा हो ।

जहाँसम्म उहाँसंग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । म संग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ ।

तर, अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन् ।

वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसंग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फ़त नै हुने थियो ।

आवश्यक ठानिएको विषयमा अहिले पनि हुदै पनि आएको छ । जस्तो संक्रमण कालिन न्यायको विषयमा ।

जहासम्म वर्षमानजीलाई फोन गरेकै कारणले वलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारवाजी वचकनापन वाहेक केही होइन् ।

त्यस प्रकारको विचारप्रति सहानुभूती मात्र प्रकट गर्न सकिन्छ । जहाँसम्म राजनीतिक ध्रुविकरणका सन्दर्भमा त्यसप्रति नेकपा९एमाले०को नीति स्पष्ट छ ।

विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अव पुनः त्यही काम गर्नु उचित हुदैन् ।

कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अवको वाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।

जहाँसम्म राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई सम्वैधानिक र कानूनी रुपमा निषेध गर्नु होइन र त्यसो गरिने पनि छैन ।

बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक धुविकरणको वाटोवाट हासिल गरिने विषय हो । अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसंगको सहकार्यले त्यसको औचित्य खण्डित हुदैन ।

वरु त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
ताजा अपडेट
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama