Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वर्तमान सरकारले ल्याएको अध्यादेश पास हुँदैन : अध्यक्ष दाहाल

- shuvadmin / मङ्गलबार, माघ २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुर्खेत, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरु पास नहुने दावी गरेका छन् ।

उनले ती अध्यादेशहरु आफूहरुलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने दावी गरेका हुन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अध्यक्ष दाहालले मङ्गलवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद छलेर ल्याइएका अध्यादेशहरु पासै नहुने जिकिर गरे ।

जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने उल्लेख गर्दै उनले भने, ‘अध्यादेश पास हुँदैन् ।’

वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँदै अध्यक्ष दाहालले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराए ।

सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै उहाँले पेलेर नजान पनि आग्रह गरेका छन् ।

यसैगरी सरकारले विकास बजेट पनि घटाउँदै जान लागेकोले त्यसो गरिए प्रतिपक्षका हैसियतले पार्टीले सशक्त प्रतिवाद गर्ने उनको भनाइ छ ।

अहिले आर्थिक संकटमा सरकार फस्दै गएकोले विकास बजेट घटाउन लागेको पाइएको भन्दै उनले भने, ‘यदि विकास बजेट घटेमा प्रतिपक्ष सशक्त रुपमा प्रतिवाद गर्दछ ।’

यसैगरी उनले आफ्नो पार्टी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा पनि नलाग्ने जानकारी दिएका छन् ।

उनले अहिलेको काँग्रेस र एमाले गठवन्धनको सरकार २०८४ पछि पनि जाओस् भन्ने शुभकामना दिदैं नेकपा माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने पक्षमा नलाग्ने बरु जनतामाझ गएर सशक्त भएर प्रतिपक्ष बन्ने उल्लेख गरेका छन् ।

उनले अहिलेको सरकार ढाल्ने, नयाँ बनाउने वा नयाँ गठवन्धन गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे ।

वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसक्ने दावी गर्दै उनले बरु भ्रष्टाचार, विभेदलाई प्रोत्साहन गरेको आरोप लगाए ।

प्रधानमन्त्री केपी ओलीलाई झेलीको संज्ञा दिदैं एमालेको तुलनामा काङ्ग्रेस केही बढी लोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।

साथै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने पनि उनले बताए ।

एक अर्को प्रसंगमा अध्यक्ष दाहालले नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग पनि पार्टी एकीकरणवारे छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी एकीकरणका सम्वन्धमा धेरै पहिलेदेखि नै छलफल भइरहेको छ, एकीकरणको आधारहरु तयार हुँदै गरेको जानकारी दिए ।

समाजवादी मोर्चामा यसवारेमा पनि बहस भइरहेको हुँदा आधारहरु तयार भएपछि एकीकरण हुने खध्यक्ष दाहालको भनाइ छ ।

Page Views: 77
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama