Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाटन अस्पतालले बीमा नियमावली नमान्दा रोकियो नवजात शिशुको उपचार

- shuvadmin / बिहिबार, फागुन ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पाटन अस्पतालले स्वास्थ्य बीमा सुविधा प्रयोग गरी उपचार गर्न नमान्दा दुई दिने नवजात शिशुको उपचार रोकिएको छ ।

स्वास्थ्य बीमासम्बन्धी नियमावलीअनुसार अस्पतालले आमाको नाममा रहेको बीमाबाट नवजात शिशुको उपचार गर्नुपर्ने ऐन छ ।

तर, पाटन अस्पतालका बीमासम्बन्धी विभाग प्रमुख प्रकाश थापा र प्रशासनमा कार्यरत तीर्थ भुजेलले सोझै यी नियमावलीलाई अस्वीकार गरेपछि उपचार रोकिएको नवजात शिशुका बुवा सुरज आचार्यले बताए ।

स्वास्थ्य बीमासम्बन्धी नियमावली २०७५ ले नवजात शिशुको उपचार नविकरण नगरेसम्म बिमितको सदस्यता बहाल रहने अवधिसम्म उपचार गर्नुपर्ने भनेको छ ।

नियमावलीको परिच्छेद ४ को नियम १७ को उपनियम ३ मा भनिएको छ, ‘कुनै बिमितको सदस्यता सक्रिय रहेको अवधिभित्र शिशु जन्मिएमा नवजात शिशुलाई बिमितको सदस्यता बहाल रहने अवधिसम्मको लागि थप योगदान रकम नलिई सेवा प्रदान गर्नु पर्नेछ ।’

तर, पाटन अस्पतालको अटेरीपनले एक नवजात शिशु उपचारबाट वञ्चित भएका छन् ।

घटना के थियो ?

सुत्केरी व्यथाले च्यापेपछि रश्मि सापकोटा गत शुक्रबार राती १० बजे पाटन अस्पतालमा भर्ना भइन् । गर्भवती भएदेखि नै उनी नियमित चेकअपको लागि पाटन अस्पताल जाने गरेको उनका श्रीमान् सुरज बताउँछन् ।

सुरजका अनुसार रश्मिको शनिबार बिहान ८ बजे सामान्य डेलिभरी भएको थियो । तर, आमाको दूध नआएपछि बच्चा भोकायो । सुरज भन्छन्, ‘आमाको दूध आएन, बच्चा भोकाएर रुन थाल्यो ।

बच्चालाई ज्वरो आएपछि डाक्टरहरूले डिस्चार्ज नगर्न सुझाव दिनुभयो ।’

डाक्टरले सुरजसँग बच्चालाई ज्वरो आएको भन्दै नर्सरीमा सिफ्ट गरेर उपचार गर्नुपर्छ भनेका उनको भनाइ छ ।

त्यसका लागि प्रशासनमा जाँदा भर्नाका लागि पैसा डिपोजिट गर्न भनियो । सुरजले बीमा नियमावलीअनुसार आमाकै बीमाबाट भर्ना गराई पाउँ भन्दै अस्पताल प्रशासनलाई प्रस्ताव गरे । तर, उनको प्रस्ताव सोझै अस्वीकार भयो ।

सुरज भन्छन्, ‘मैले नियमअनुसार आमाको स्वास्थ्य बीमाबाटै नवजात बच्चाको उपचार हुन्छ भन्दा उहाँहरूले मान्नुभएन,’ उनले थपे, ‘मैले नियमावलीमा भएको अधिकार नपाउने हो भने कारण खुलाएर पेइङमा भर्ना गर्नुपर्छ भन्दा पनि उहाँहरूले आमाको बीमाबाट बच्चाको उपचार गर्न मिल्दैन भन्नुभयो ।’

नियमसंवत शिशुको उपचार गराउनुको सट्टा सुरजलाई बीमासम्बन्धि विभाग प्रमुख प्रकाश थापाले नै अस्पतालको नियम चित्त नबुझे बीमा बोर्डमा गएर निवेदन दिनु भनेको उनले नेपालभ्युजलाई जानकारी दिए ।

निरीह बन्यो स्वास्थ्य बीमा बोर्ड

सुरज आफ्नो समस्या जस्ताको तस्तै लिएर स्वास्थ्य बीमा बोर्ड पुगे । तर त्यहाँ पनि उनको समस्या सम्बोधन भएन ।

उल्टै, बोर्डबाट केही गर्न नसकिने बरु पाटन अस्पतालबाट डिस्चार्ज भएर अर्को अस्पताल सर्नु भन्ने गैर जिम्मेवार जवाफ सुरजले पाए ।

‘सूचना अधिकारी विकेश मल्लले यस विषयमा केही गर्न सक्दैनौँ बरु कान्ति बाल अस्पताल जानुहोस् त्यहाँ हामी भनिदिन्छौं भन्नुभयो,’ सुरजले सुनाए ।

पाटन अस्पतालका प्रशासन प्रमुख भुजेल बोर्डको फितलो नियमकै कारण आफूहरूले सेवाग्राहीलाई सेवा दिन नसकेको बताउँछन् ।

स्वास्थ्य बीमा बोर्डले बिमीत आमाबाट जन्मने नवजात शिशुलाई बिमितको सूचीमा राखिने नियम नबनाएको कारण यो समस्या आएको प्रमुख भुजेलको भनाइ छ ।

‘बिमीत व्यक्तिलाई बोर्डले कार्ड दिन्छ र उ लिस्टेड हुन्छ तर, नवजात शिशु लिस्टेड हुँदैन । समस्या यहीँ छ । लिस्टेड नभएकोलाई बीमा सुविधा दिनु हाम्रो सिस्टमले दिँदैन,’ अस्पतालका प्रशासन प्रमुख भुजेलले भने ।

बिमीत व्यक्तिकै भुक्तानी लिन बोर्डले निकै झुलाउने भएकाले सूचीमै नभएकाको भुक्तानी बोर्डले कुनै हालतमा नदिने भएकाले नवजात बच्चा यो सेवाबाट वञ्चित भएको उनको प्रष्टीकरण छ ।

उनी भन्छन्, ‘उहाँको बच्चालाई बीमाबाट उपचार गराउँदा भोलि आफैंले पैसा तिर्नपर्छ भनेर कर्मचारीहरू मान्नुभएन ।’ अस्पताल प्रमुख भुजेल बोर्डलाई यस विषयमा पटकपटक ध्यानाकर्षण गराए पनि चासो नदेखाएको भन्दै गुनासो गरे ।

‘यस्तो समस्या आइरहेको छ, यसको समाधान निकाल्न पर्यो भनेर बीमा बोर्डको अध्यक्षलाई पटकपटक भनेँ । उहाँले हुन्छ, हुन्छ गरिहालौँ भन्नुभयो तर, काम गर्नुभएन । अहिले त उहाँको कार्यकाल नै सकियो,’ उनले भने ।

सुरजले हाल बोर्डमा निवेदन त दिएका छन् तर, खर्चको अभावमा उनको बच्चाको भर्ना भएको छैन् । सुरज भन्छन्, ‘ऋण, सापट मागेर बच्चाको चेकजाँच भने गराइराखेको छु ।’

Page Views: 25
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama