Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना गायj

- shuvadmin / शुक्रबार, फागुन ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वायु प्रदूषणको हिसाबले काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ ।

बिहीबारको ‘एयर क्वालिटी इन्डेक्स’ मा देखिएको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक एक्युआई बिहान ११ बजेर १२ मिनेटमा १८३ पुगेको हो ।

पाकिस्तानको कराँची २२४ एक्युआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ । दोस्रो स्थानमा नेपालको काठमाडौं सहर रहँदा तेस्रो स्थामा चीनको उहान सहर रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मान्ने गरिएको छ ।

उपत्यकामा प्रदूषणको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै ५ वर्षअगाडि मन्त्रिपरिषद्ले पारित गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ लाई कार्यान्वयन नगर्दा यस्तो समस्या आएको विज्ञहरूले बताएका छन् ।

वातावरणविद् भूषण तुलाधरले कार्ययोजनामा मानवले गर्नुपर्ने १३७ वटा कार्य तोकिएको छ । यसको कार्यान्वयन गर्न नेपाल सरकार चुकेको बताए ।

वातावरण विभागका अनुसार, वायु गुणस्तर सूचकांक सयभन्दा माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

विशेषज्ञहरूका अनुसार, यस्तो अवस्थामा लामो समयसम्म वायुमा रहँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने बताइएको छ ।

वातावरणविद् तुलाधरले वायु प्रदूषण मानवीय र प्राकृतिक कारणले बढिरहेको बताए ।

उनले अमेरिकाबाट हरेक वर्ष प्रकाशित हुने ‘ग्लोबल एयर २०१९’ भन्ने म्यागजिनको तथ्यांकअनुसार वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ४८ हजार ५ सय नेपालीको मृत्यु हुने गरेको बताए ।

प्रदूषणका कारण घाँटी दुख्ने, आँखा पिरो हुनेजस्ता समस्या देखिन्छन् भने दीर्घकालीन रूपमा यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउने विज्ञहरूले बताउँदै आएका छन् ।

जाडो मौसममा इँटा भट्टा चल्ने, पानी नपर्ने, सवारी साधनबाट निस्कने धुवाँका कारण वायु प्रदूषण हुने गरेको पाइएको छ ।

वातावरण विभागका अनुसार, पछिल्लो समय देशका विभिन्न स्थानमा लागेको डढेलो र सवारी साधनबाट निस्कने हानिकारक धुवाँका कारण प्रदूषणको स्तर उच्च रहेको छ ।

वायु प्रदूषणको यो अवस्थाले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

विशेषगरी, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, दीर्घरोगी, बालबालिका तथा गर्भवती महिलाहरूले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

टुँडिखेलको धुलोले आजित हुँदै बटुवा

टुँडिखेलको खुल्ला चौरमा रहेको धुलो उड्दा वरपरका हिँड्ने बटुवा आजित भएका छन् ।

काठमाडौंको केन्द्रमा रहेको टुँडिखेलमा मैदानमा रहेको माटो उड्दा प्रदर्शनीमार्गबाट निस्कने र रत्नपार्कबाट भद्रकालीतर्फ हिँड्ने बटुवाले सास्ती बेहोर्नुपरेको हो ।

हावा नलाग्दा सामान्य अवस्था रहे पनि हावा चल्दा कुहिरो लागेको जस्तो गरी धुलोले ढाक्ने गरेको छ । यसको मारमा बटुवा र मोटरसाइकल चालक प्रत्यक्ष रुपमा परेका छन् ।

Page Views: 43
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama