Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षणमा डा. शेखर नजाने

- shuvadmin / सोमबार, फागुन १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा सुरु हुँदैछ।

प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृतवमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि चल्नेछ।

उपसभापति खड्काअनुसार देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी हुन्।

यीबाहेक लुम्बिनी प्रदेशका सांसद, मन्त्री यहाँका जिल्ला सभापतिहरु पनि सहभागी हुने उनले बताए।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, दुई महामन्त्री गगकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखकलगायत सहभागी हुनेछन्।

यसअघि कांग्रेसले माघ २२ र २३ गते प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो।

उक्त कार्यक्रममा केन्द्रीय सदस्यसहित कांग्रेसमा इतर समूहको नेतृत्व गरिरहेका डा शेखर कोइरालालाई निम्तो दिइएको थिएन। उनीलगायत केही नेतालाई नबोलाएपछि नेतृत्वको चर्को आलोचना भएको थियो।

यसपटक भने डा. शेखरसहितका नेतालाई पनि बोलाइएको छ ।

कर्मचारीले निम्तो पठाएपछि नजाने भए डा. शेखर

पोखरामा भएको कार्यक्रममा निम्तो नै नदिइएको शेखरलाई यसपटक भने निम्तो दिइएको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए।

‘चार दिनअघि पार्टी केन्द्रीय कार्यालयका एकजना कर्मचारीले टेलिफोन गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदे सहभागिताका लागि निम्तो दिनुभएको थियो,’ उनले भने, ‘त्यसै पनि उहाँको पूर्वनिर्धारित कार्यक्रम तय भइसकेको छ। उहाँ भैरहवाको कार्यक्रममा जानुहुँदैन्।’

थपलियाका अनुसार कोइराला आजै विराटनगर जाँदैछन्। उनी विराटनगरमै सुरु हुने विराटगोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जान लागेको उनले जानकारी दिए।

भोलि पनि विराटनगरमै केही कार्यक्रमहरु तय भएको थपलियाको भनाइ छ।

Page Views: 31
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama