Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वराजालाई विमानस्थलदेखि निर्मल निवाससम्म स्वागत गरिदैं

- shuvadmin / आइतबार, फागुन २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, झण्डै २ महिना लामो गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आइपुग्ने कार्यक्रम छ।

पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन्।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपरान्ह काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन्।

फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन्।

फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गर्दै आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए।

पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्।

पूर्वघोषित कार्यक्रमअनुसार आज राप्रपाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको भएता पनि बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उक्त कार्यक्रम स्थगित गरी पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम राखेको हो।

राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विमानस्थलदेखि निर्मल निवाससम्म गौशाला, चावहिल, महाराजगञ्ज जुन स्थानमा पायक पर्छ, त्यहाँ नेपालको झण्डासहित अनिवार्य रूपमा भेला भएर पूर्वराजालाई स्वागत गर्न उर्दी जारी गरेको छ।

आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म ¥याली निकाल्ने तयारी छ।

विमानस्थलमा भव्य स्वागतपछि पूर्वराजा ज्ञानेन्द्र सवार गाडीसँगै कार्यकर्ताले मोटरसाइकल ¥याली गर्ने तयारी रहेको छ।

उनीहरूले नारायणहिटी दरबारमा समेत ¥याली गर्ने तयारी गरेको छ।‘ पूर्वराजाको उक्त सन्देशपछि हौसिएको राप्रपाले हिन्दूराज्य र राजतन्त्रको पक्षमा आह्वान गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्न निर्देशन दिएको थियो ।

राप्रपाले यसअघि देशका विभिन्न शहरमा शक्ति प्रदर्शन सम्पन्न गरिसकेकोे छ । यसैबीच राजावादीले देशभरबाट जुलुस निकालेका छन्।

राप्रपाले हिजो शनिबार भरतपुरमा प्रदर्शन गरेको थियो । पछिल्लो एक सातायता जनकपुर, झापा, हेटौंडालगायत जिल्लामा राप्रपाले पूर्वराजाको समर्थनमा प्रदर्शन गरिसकेको छ।

यसैबीच, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान स्थगित गरेको छ।

झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेर स्थगित भएको हो।

पूर्वराजालाई स्वागत गर्न राप्रपासँगै दुर्गा प्रसाईंको अभियान र विश्वहिन्दू महासंघ, शिवसेना नेपाललगायत आधा दर्जनबढी संघसंस्थाका टोली परिचालन हुनेछन्।

राप्रपालगायत सडक आन्दोलन शुरू गरेका अन्य समूहले आज हजारौं जनता सडकमा उतार्ने जनाएका छन्।

विमानस्थलभित्र राप्रपाका नेताहरूले स्वागत गरेर बाहिरिए पछि विभिन्न समूहले स्वागत गर्ने कार्यक्रम तय भएको छ।

विश्वहिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीका अनुसार महासंघले विमानस्थलको बाहिरी गेटमा स्वागत गर्ने कार्यक्रम छ।

विमानस्थलमा कडाइ भए विभानस्थल प्रवेशद्वारमै स्वागत गर्ने राप्रपाको तयारी छ। पूर्वराजा ज्ञानेन्द्र समिट एयरको विमानबाट दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ।

पूर्वराजासँग उनका निजी सचिव राजिब शाही र निजी सुरक्षाकर्मी हुनेछन्। छोरा पारस अस्वस्थ भएको कारण पूर्वराजाबाहेक परिवारका बाँकी सदस्यहरू निर्मल निवासमै छन्।

केही समयदेखि पूर्वराजपरिवार समिट एयरमा यात्रा गर्न थालेका छन्। चार महिना अघिदेखि देशव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले मुलुकको दुई दर्जन बढी जिल्लाको धार्मिक भ्रमण गरेका छन् ।

दुई महिनाअघि दाङ, नेपालगञ्ज, बर्दिया, लुम्बिनीको बुटवललगायत जिल्लाको भ्रमण गर्ने क्रममा उनले स्थानीयसँग भेटगरी राजतन्त्रको पक्षमा लाग्न आह्वान गरेका थिए ।

राजावादीहरूले आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठूलो जनउपस्थिति देखाउने तयारी गरिरहेको छ।

अन्तर्राष्ट्रिय समुदायलाई समेत ध्यानाकर्षण गराउने तयारीका साथ पूर्वप्ञ्चहरूले गाउँगाउँबाट जनतालाई काठमाडौं आउन आग्रह गरेको छ भने गणतन्त्रबिरुद्ध नाराबाजी गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

दुबै राप्रपाको ध्यान अहिले पूर्वराजाको काठमाडौं आगमनमा कसले बढी जस लिने भन्नेमा केन्द्रित देखिएको छ ।

पोखरामा रहेका पूर्वराजा आइतबार काठमाडौं फर्कंदैछन् । उनको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा हुन थापाले उर्दी जारी गरिसकेका छन् ।

थापाले उर्दी जारी गरेकै भोलिपल्ट लिङदेनले फागुन २५ गते काठमाडौंमा हुने जनसभा नै स्थगित गरेर पूर्वराजाको स्वागतको लागि विमानस्थलमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई सूचित गरेका छन् ।

Page Views: 56
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama