Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैंक

- shuvadmin / मङ्गलबार, फागुन २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुर, भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्ने भएको छ ।

नेपाल एसबिआई बैङ्कले सूचना प्रकाशित गरी जग्गासहित चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि बचतकर्ता झस्किएका छन् ।

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माले सहकारीको शाखा विस्तार गरी बचत दुरुपयोग गरेपछि जेल चलान भएका छन् ।

सहकारीका सञ्चालक जेलमा रहँदा बैङ्कले फागुन २१ गते लिलामीको सूचना जारी गरेपछि बचतकर्ताको बचत फिर्ताबारे संशय पैदा भएको हो ।

तुलसी सहकारीका पाँच हजार ४४३ बचतकर्ताले बचत गरेको एक अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपियाँ अपचलन भएको छ ।

साथै शिवशिखर सहकारीका ३२ हजार ६१३ बचतकर्ताको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपियाँ अपचलन भएको छ ।

दुवै सहकारीका ३८ हजार ५६ बचतकर्ताको ११ अर्ब पाँच करोड १३ लाख ८३ हजार ९२७ रुपियाँ अपचलन भएको छ ।

शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ छन् ।

बैङ्कले चैत ११ गते बोलपत्र खोल्ने जनाउँदै शिखर अर्गनाइजेसन लिमिटेड, शिखर स्पाइस एन्ड फ्रुट इन्डस्ट्रिज प्रालि, नटराज फुड इन्डस्ट्रिज प्रालि र शिवशिखर खाद्य उद्योग प्रालिको नाम उल्लेख गर्दै सूचना प्रकाशित गरेको छ ।

तीन वटै कम्पनीका सञ्चालक शिवशिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा हुन् ।

उनकी पत्नी गीता शर्मासहितले ऋण लिएको उल्लेख गर्दै सूचनामा पशुपतिनाथ अमालकोट कचहरी गुठीको नाममा दर्ता स्रेस्ता रही गीता शर्मा मोही रहेको काठमाडौँ महानगरपालिका वडा नं. ७ स्थित एक रोपनी पाँच आना तीन दाम जग्गा र भवनसहित भौतिक संरचना लिलाम गरिने भनिएको छ ।

त्यसै गरी बैङ्कले शिखर स्पाइस एन्ड फ्रुट इन्डस्ट्रिजका नाममा रहेको चितवनको भरतपुरस्थित एक हजार ५१९.५६ वर्गमिटरको जग्गा र भवन, चितवनकै हाजीपुरस्थित एक हजार ९३०.१७ वर्गमिटरको जग्गा र भवन, शिवशिखर एग्रोको नाम रहेको हाजीपुरकै एक हजार ५७४.६१ वर्गमिटरको जग्गा र भवन लिलामी प्रक्रिया अघि बढाएको छ ।

गीता शर्माकै नाममा रहेको बाँकेको शमशेरगन्जस्थित ११ हजार ५२०.२६ वर्गमिटरको जग्गा, टिटिहिरीयास्थित एक हजार ४६१ वर्गमिटरको जग्गा, भवन तथा अन्य सम्पत्ति लिलामी गर्ने सूचना बैङ्कले जारी गरेको छ ।

बैङ्कले लिलाम गर्दा समस्या

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले सहकारीको रकम अपचलन गरी निजी कम्पनी खोलेर सहकारीको बचत लगानी गरेकै कारण शिवशिखरको सम्पत्ति लिलामी अघि बढाएको जानकारी आएको बताए ।

उनले भने, “बचतकर्ताले राखेको पैसा फिर्ता गर्न काम भइरहँदा बैङ्कले लिलामीको सूचना जारी गरेको छ ।

शिवशिखरको मात्रै होइन, अरू सहकारीको समस्या पनि यही हो । सहकारीबाट लगानी गरेर निजी कम्पनी खोलेका छन् ।

अनि बैङ्कबाट ऋण लिएका छन् । यस्तो दोहोरो अपचलनले हामीलाई पनि समस्या भएको छ ।”

उनले बचतकर्ताले आफ्नो पैसा फिर्ता हुने अपेक्षा गरिरहँदा बैङ्कले अपचलन गर्ने सहकारीको सम्पत्ति न्यून मूल्यमा लिलाम गर्दा बचत फिर्ताको काम प्रभावित हुने भएकाले अर्को उपाय खोजिने र लिलामपछि बाँकी रकम सहकारी व्यवस्थापन समितिको कार्यालयको सम्बन्धित सहकारीको कोषमा बुझाउने व्यवस्था गरिएको बताए ।

उनले भने, “सहकारीको सम्पत्ति लिलामी गर्ने, बिक्री गर्ने सन्दर्भमा हाम्रो कार्यालयले काम गर्न पाए मात्रै बचत फिर्ती सुनिश्चित हुन सक्छ ।”

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले आफ्नी पत्नी गीताका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् ।

Page Views: 65
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama